नेपाली लोक तथा दोहोरी संगीतको बजारमा श्रोता र दर्शकलाई आकर्षित गर्ने नयाँ साङ्गीतिक कोसेलीहरू थपिने क्रम जारी छ। यसै बीच मौलिक शब्द र सुमधुर गायकीले सजिएको नयाँ लोक दोहोरी गीत ‘मैले माया गर्या छु पवित्र’ बजारमा सार्वजनिक भएसँगै चर्चाको बाटोमा अगाडि बढेको छ।अडियो र भिडियो दुवै पक्षलाई स्तरीय र व्यावसायिक बनाउन नेपाली लोक दोहोरी क्षेत्रका स्थापित सर्जक तथा प्राविधिकहरूको बलियो सहकार्य यस गीतमा देखिएको छ।यस गीतमा बहुप्रतिभाशाली लोक गायक गोकुल पाण्डे र पछिल्लो समयकी व्यस्त एवं अत्यधिक लोकप्रिय गायिका समीक्षा अधिकारीको कर्णप्रिय स्वर सुन्न पाइनेछ। गीतका मर्मस्पर्शी एवं भावनाले ओतप्रोत शब्दहरू स्वयम् गायक गोकुल पाण्डेले कोरेका हुन् भने यसमा टीका क्षेत्री “प्रकृति” को उत्कृष्ट सङ्गीत रहेको छ।

गीतलाई सङ्गीत संयोजक कृष्ण लामिछानेले उत्कृष्ट एरेन्ज (संगीत संयोजन) गरेका छन्। वरिष्ठ प्राविधिक सागर बाजुरालीले रेकर्ड गरेको यस गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारी स्थापित एवं अनुभवी प्राविधिक खडक बाजुरालीले निभाएका हुन्। गीतको अडियो रेकर्डिङ नेपालको चर्चित र अत्याधुनिक मालाश्री स्टुडियोमा गरिएको हो। यो साङ्गीतिक कोसेली आधिकारिक रूपमा ‘Gokul Pandey Official’ युट्युब च्यानलबाट दर्शकमाझ ल्याइएको हो।म्युजिक भिडियोतर्फ पनि चलचित्र र प्रख्यात भिडियोहरू निर्माण गरेको उत्कृष्ट टिमले काम गरेको छ। निर्देशक दीप गुरुङको कुशल र कलात्मक निर्देशनमा तयार भएको यस भिडियोमा चर्चित एवं सुन्दरी मोडल जुना गुरुङ र सोनाम लामाको मुख्य अभिनय र आकर्षक केमेस्ट्री देख्न सकिन्छ। अभिनयका साथै भिडियोको कोरियोग्राफीको महत्त्वपूर्ण जिम्मेवारी पनि सोनाम लामाले नै सम्हालेका छन्।म्युजिक भिडियोको स्तरीय दृश्य निर्माण, उच्च प्राविधिक गुणस्तर र कलाकारहरूको जीवन्त अभिनयका कारण यो गीतले टिकटक, युट्युब जस्ता डिजिटल प्लेटफर्महरूमा छोटो समयमै श्रोता र दर्शकको मन जित्दै ट्रेन्डिङतर्फ लम्किने सङ्केत देखाएको छ।

तपाईको प्रतिक्रिया