लोकप्रिय गायक राजु लामाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘शिरफुल’ (SHIRPHOOL) को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। ग्लोबल नेपाल इन्टरटेनमेन्टको प्रस्तुतिमा तथा भ्याली फिल्म एकेडेमीसँगको सहकार्यमा निर्माण भएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

गीतमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजु लामाले स्वर दिएका छन् भने शब्द तथा संगीत निर्माता एवं कलाकार प्रेम गुरुङकै रहेको छ। प्रेम गुरुङ अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली भाषा, कला, साहित्य र संगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका सर्जकका रूपमा परिचित छन्। विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति र संगीतलाई विश्वमाझ चिनाउने उनको प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन्।गीतको संगीत संयोजन (एरेञ्ज), मिक्सिङ तथा मास्टरिङ देबेश राईले गरेका हुन्। रेकर्डिङ राङ्कासु स्टुडियोमा सम्पन्न गरिएको हो।

May be an image of smiling and text that says 'GLOBAL NEPAL ENTERTAINMENT presents in association with VALLEY FILM ACADEMY CAST PREM GURUNG JUNA GURUNG VOCAL RAJULAMA RAJU LAMA RELEASING THIS THISFRIDAY FRIDAY शिरफल AVIDED: BHUPENDRA BHUPENDRAGURUNG GURUNG LYFICS/MUSIC PREM GURUNG ARRANGE/MK/MASTER DEBESH RAI STUDIO RANGKASU E E-NAH GURUNG CINEMATOGRAPHY RABIN THAPA MAGAR POSTER BISHNUHARI TIMALSINA ORONEPILO ILDT ABINASH MANANDHAR ASSOC EDITOR UMESH THAPA MAGAR PRODUC ONMANAGER KHEMENDRA GURUNG HOREOGRAPHER MANANG GURUNG EDITOR BANDE PRASAD COLOURIST RAJENDRA MOKTAN DIRECTOR BHUPENDRAGURUNG BHUPENDRA GURUNG POSI PRODUCTION MOVIE POINT STUDIO YOUTU GLOBAL NEPAL ENTERTAINMENT'

सार्वजनिक म्युजिक भिडियोमा प्रेम गुरुङजुना गुरुङको अभिनय रहेको छ। भिडियोको निर्देशन भूपेन्द्र गुरुङले गरेका छन् भने कोरियोग्राफी मनाङ गुरुङको रहेको छ। अष्ट्रेलियामा रहेका छायाङ्कनकर्ता रबिन थापा मगरले भिडियोको छायाङ्कन गरेका हुन्। भिडियो सम्पादन बन्दे प्रसाद र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।‘शिरफुल’ गीतले प्रेम, भावना र नेपाली मौलिक संस्कृतिको सुन्दर प्रस्तुति दिन खोजेको निर्माण पक्षको विश्वास छ। उत्कृष्ट स्वर, भावपूर्ण शब्द, आकर्षक संगीत र मनमोहक दृश्य संयोजनका कारण गीतले नेपाली संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।विशेषगरी विदेशमा रहेर पनि आफ्नो मातृभूमिको भाषा, संस्कृति र संगीतलाई निरन्तर योगदान दिँदै आएका प्रेम गुरुङको सिर्जनात्मक यात्राले प्रवासमा रहेका नेपाली सर्जकहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। ‘शिरफुल’ मार्फत उनले नेपाली मौलिक गीत–संगीतप्रतिको आफ्नो समर्पणलाई पुनः एकपटक दर्शकमाझ प्रस्तुत गरेका छन्।

तपाईको प्रतिक्रिया