काठमाडौं — नेपाली चलचित्र ‘जाँड’ आगामी असार १२ गते (जुन २६, २०२६) देखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ। सामाजिक यथार्थ र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको निर्माण पक्षले जनाएको छ।सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई राजेन्द्र भट्टले प्रस्तुत गरेका हुन्। चलचित्रका निर्देशक राजु शाह रहेका छन् भने कथा तथा पटकथा **आर.एस.आर.**ले तयार पारेका हुन्।चलचित्रका निर्मातामा सुनिल प्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन्। गीतका शब्द कृष्णहरि बराल र राजु शाहले लेखेका छन् भने संगीत तथा पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम द पिक स्टुडियोले गरेको छ। चलचित्रका गीतमा तोयनाथ गौतमको स्वर सुन्न सकिनेछ।
छायांकन तथा सम्पादनको जिम्मेवारी दिपेन बस्न्यातले सम्हालेका छन् भने द्वन्द्व निर्देशन योगेन्द्र श्रेष्ठले गरेका छन्। चलचित्रको प्रमुख सहायक निर्देशक शम्भु गौतम रहेका छन् भने सहायक निर्देशकको रूपमा नरेन्द्र केसी र किशोर डंगोलले काम गरेका छन्।चलचित्रमा नेपाली चलचित्र क्षेत्रका अनुभवी तथा नयाँ पुस्ताका कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूमा रमेश उप्रेती, पदम गुरुङ, कमला दाहाल, सान्भी खत्रीवडा, सुभाष गजुरेल, किरण प्रताप केसी, रमेश अधिकारी, लक्ष्मी तिमिल्सिना, मञ्जु श्रेष्ठ, नरेन्द्र केसी, स्मारिका खनाल, चण्डिका बस्नेत, सुनिता कटवाल लगायत रहेका छन्।
![]()
निर्माण टिमका अनुसार चलचित्रले नेपाली समाजको एउटा महत्वपूर्ण पक्षलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। चलचित्रको ट्रेलर र प्रचार सामग्री सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताइएको छ।चलचित्रको वितरण नेशनल सिने ग्रुप नेपाल (NCGN) ले गर्नेछ। पोस्टर डिजाइन आइडियल डिजाइनर्सले तयार गरेको हो भने ट्रेलर तथा भिएफएक्सको काम समिर मियाँ र रमेशले गरेका छन्।असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘जाँड’ले नेपाली दर्शकमाझ कस्तो प्रभाव छोड्छ भन्ने विषय अहिले चलचित्र वृत्तमा चासोका रूपमा हेरिएको छ।





















