नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय गायक अनिल राज पाण्डेको नयाँ गीत ‘भारी बिसौनी’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।गीतमा अनिल राज पाण्डेसँगै चर्चित गायिका देवी घर्ती मगरको स्वर रहेको छ। गीतका शब्द तथा संगीत सुरेश राना मगरले सिर्जना गरेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका छन्। गीतको रेकर्डिङ १डीबी एचडी स्टुडियोमा गरिएको हो भने रेकर्डिस्टको रूपमा राज खड्का रहेका छन्।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोको निर्देशन विजय पुन र मौसम हिमालीले संयुक्त रूपमा गरेका छन्। कोरियोग्राफीको जिम्मेवारी पनि मौसम हिमालीले नै सम्हालेका छन्।म्युजिक भिडियोमा मौसम हिमाली, जुना विश्वकर्मा र विजय पुनको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन करण छैसिरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन्। मेकअप आर्टिस्टको रूपमा अनिमेष जोर्डन रहेका छन्।भिडियो निर्माणमा मिलन कटवाल उत्पादन व्यवस्थापक, राजेन्द्र अर्याल आईटी सपोर्ट तथा समीर भोटे डान्स ग्रुप को-अर्डिनेटरको भूमिकामा रहेका छन्। कलाकारहरूको पोशाक व्यवस्थापन भ्यालेन्टिनो द बुटिकले गरेको छ।गायक अनिल राज पाण्डेले यसअघि पनि आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक गरिसकेका छन्। उनका गीतहरूले नेपाली संगीतप्रेमीहरूको मन जित्दै आएका छन्। पछिल्लो समय निरन्तर रूपमा नयाँ सिर्जना दर्शकमाझ ल्याइरहेका पाण्डेले ‘भारी बिसौनी’ मार्फत पनि लोकदोहोरी संगीतप्रेमीहरूको साथ र माया पाउने अपेक्षा गरेका छन्।गीतको अडियो तथा भिडियो ‘अनिल राज पाण्डे अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएपछि गीतलाई सामाजिक सञ्जालमा समेत राम्रो प्रतिक्रिया मिलिरहेको छ।लोक भाकाको मिठास, प्रेम र भावनाले भरिएको ‘भारी बिसौनी’ले नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल हुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।






















