काठमाडौं । सिनामंगलस्थित अल माहारा ब्युटि एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव (फर्स्ट एनिभर्सरी) विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न गरेको छ। एक वर्षको सफल यात्रा पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा केक काटेर संस्थाले आफ्ना सेवाग्राही, प्रशिक्षार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको हो।कार्यक्रममा एकेडेमीकी सञ्चालिका राधा केसीले छोटो अवधिमै संस्थाप्रति विश्वास गर्ने सम्पूर्ण सेवाग्राही तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, व्यावसायिक र रोजगारमुखी तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।उनले भनिन्, “एक वर्षको अवधिमा हामीले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएका छौं। आगामी दिनमा अझ आधुनिक प्रविधि र अन्तर्राष्ट्रियस्तरको तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौं।”

...

वार्षिकोत्सव कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका चर्चित अनुहारहरू सम्झना बुढाथोकी, अन्जु निरौला, पुजना प्रधान र **बिना राउत**को विशेष उपस्थिति रहेको थियो। उपस्थित कलाकारहरूले अल माहारा ब्युटि एकेडेमीबाट निरन्तर सेवा लिइरहेको र सेवा सन्तोषजनक रहेको अनुभव सुनाउँदै संस्थाको उज्ज्वल भविष्यको कामना गरेका थिए।उनीहरूले एकेडेमीले आगामी दिनमा पनि हजारौं सेवाग्राहीको मन जित्दै सौन्दर्य तथा सीप विकास क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।सञ्चालिका केसीका अनुसार एकेडेमीमा ब्यूटी, हेयर, मेकअप, स्किन केयरलगायत विभिन्न पेशागत तालिमहरू सञ्चालन भइरहेका छन्। यहाँ प्रशिक्षण लिने प्रशिक्षार्थीहरूलाई अन्तर्राष्ट्रिय बजारको आवश्यकता अनुसार दक्ष बनाइने र विदेशमा समेत रोजगारीका अवसर उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन्।उनले अल माहारा ब्युटि एकेडेमी पुरुष तथा महिला दुवैका लागि सेवा तथा तालिम उपलब्ध गराउने युनिसेक्स सलोनका रूपमा सञ्चालन भइरहेको जानकारी दिइन्। काठमाडौंको सिनामंगल पुल नजिकै रहेको एकेडेमीमा पछिल्लो समय तालिम तथा सेवाका लागि आउनेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।केसीले बहराइनस्थित अल माहारा एजेन्सी कम्पनीसँगको सहकार्यमा एकेडेमी सञ्चालन भइरहेको जानकारी दिँदै उक्त साझेदारीमार्फत प्रशिक्षित जनशक्तिलाई विभिन्न देशमा रोजगारीका अवसर उपलब्ध गराइँदै आएको बताइन्। उनका अनुसार एकेडेमीबाट तालिम प्राप्त गरेका धेरै युवायुवती हाल विभिन्न मुलुकमा सफलतापूर्वक कार्यरत छन्।एकेडेमीकी म्यानेजर **उषा खतिवडा**ले पछिल्लो समय तालिम तथा सेवा लिन आउनेहरूको संख्या निरन्तर बढ्दै गएको बताइन्। उनका अनुसार सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीहरूको आकर्षण बढेसँगै एकेडेमीले पनि आफ्नो सेवा विस्तार गर्दै लगेको छ।एक वर्षको सफल यात्रासँगै अल माहारा ब्युटि एकेडेमीले आगामी दिनमा थप प्रभावकारी तालिम, आधुनिक सेवा र रोजगारीमूलक कार्यक्रममार्फत सौन्दर्य तथा सीप विकास क्षेत्रमा आफ्नो भूमिका अझ सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया