काठमाडौं । युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड Pure Derma ले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्दै एकैपटक १५ वटा विभिन्न उत्पादन सार्वजनिक गरेको छ। विशेष कार्यक्रमका बीच ब्रान्डले आफ्नो उपस्थितिको घोषणा गर्दै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरका स्किनकेयर तथा पर्सनल केयर उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।कम्पनीका अनुसार सार्वजनिक गरिएका उत्पादनहरू छालाको हेरचाह, सौन्दर्य संरक्षण तथा व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राखेर तयार पारिएका छन्। आधुनिक प्रविधि र युरोपेली गुणस्तरमा आधारित यी उत्पादनहरूले नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।

ब्रान्ड सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी कलाकार तथा अतिथिहरूले नेपाली बजारमा गुणस्तरीय स्किनकेयर उत्पादनको आवश्यकता रहेको भन्दै Pure Derma को आगमनलाई सकारात्मक रूपमा लिएका थिए।कार्यक्रममा बोल्दै अभिनेत्री रेजिना उप्रेती ले नेपाली उपभोक्ताले अब अन्तर्राष्ट्रियस्तरका उत्पादन सहज रूपमा प्रयोग गर्न पाउने बताइन्। उनले गुणस्तरीय स्किनकेयर उत्पादनले सौन्दर्य मात्र नभई छालाको स्वास्थ्य संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्।Pure Derma ले आगामी दिनमा नेपालभर आफ्नो वितरण सञ्जाल विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरू पनि बजारमा ल्याउने योजना रहेको जनाएको छ। कम्पनीका अनुसार नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय सेवा तथा उत्पादन उपलब्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया