नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायिका सिर्जना खात्री हाउडेमाया को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक भएको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ। गीतले टिकटक, फेसबुक, युट्युब लगायत विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ।स्वर, शब्द तथा संगीत स्वयं सिर्जना खत्री हाउडेमायाकै रहेको ‘फुलमाया’ गीत प्रेम, भावना र सम्बन्धका विविध आयामलाई समेटेर तयार पारिएको छ। सार्वजनिक भएको केही घण्टामै गीतका अंशहरू टिकटकमा प्रयोग हुन थालेका छन् भने सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ।सिर्जना खत्री हाउडेमाया नेपाली संगीत क्षेत्रमा स्थापित नाम हुन्। उनका ‘एक नम्बर हरामी’, ‘मेरो एक्सको छम्मा’, ‘डबल माया’ र ‘नौटंकी माया’ जस्ता चर्चित गीतहरूले यसअघि नै लाखौं दर्शक–श्रोताको मन जितिसकेका छन्। सोही सफल यात्रालाई निरन्तरता दिँदै ‘फुलमाया’ले पनि प्रारम्भिक चरणमै राम्रो चर्चा कमाउन सफल भएको देखिएको छ।
गीतमा योगेश काजी शाह को संगीत संयोजन रहेको छ। सरल शब्द, आकर्षक संगीत र भावनात्मक प्रस्तुतिले गीतलाई अझ प्रभावशाली बनाएको निर्माण पक्षको भनाइ छ।गीतको म्युजिक भिडियोमा सिर्जना खात्री हाउडेमाया, दीपा शाही, सिर्जन खरेल, दिलिप शाह तथा आयुष प्रतिकको अभिनय रहेको छ। कलाकारहरूले गीतको भावनालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।भिडियोको छायांकन रुपेश थापा ले गरेका हुन् भने कोरियोग्राफी सियोन श्रेष्ठ को रहेको छ। सह–कोरियोग्राफरका रूपमा माधव ढुंगाना रहेका छन्। भिडियोको सम्पादन तथा कलर संयोजन शौखिन तिमल्सिना ले गरेका छन् भने निर्देशन नितिन चन्द ले गरेका हुन्।‘फुलमाया’ गीत “Sirjana Khatri Haudemaya” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले गीतले आगामी दिनमा अझ धेरै दर्शक–श्रोताको माया प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा गीतका रील्स, भिडियो क्लिप तथा दर्शक प्रतिक्रियाहरू बढ्दै गइरहेका छन्। यही कारण ‘फुलमाया’ अहिले नेपाली संगीतप्रेमीमाझ चर्चाको विषय बनेको छ।






















