काठमाडौंमा सौन्दर्य तथा ब्यूटीसियन क्षेत्रमा व्यावसायिक करिअर बनाउन चाहनेहरूका लागि मुस्कान ब्युटी सलोन एण्ड बुटिक ले नयाँ अवसर सार्वजनिक गरेको छ । संस्थाले ब्यूटीसियन कोर्षमा नयाँ भर्ना खुला गर्दै विभिन्न आधुनिक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।ब्यूटीसियन सिकीसकेका, हाल सिक्दै गरेका तथा नयाँ सिक्न चाहनेहरूलाई लक्षित गर्दै संस्थाले अन्तर्राष्ट्रिय स्तरका सीपमूलक तालिम सुरु गरेको हो । पछिल्लो समय नेपालमा मात्र होइन, विदेशमा समेत ब्यूटीसियन पेशाको माग बढ्दै गइरहेका बेला यस्ता तालिमले युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

संस्थाका अनुसार Professional Makeup सम्बन्धी १ महिनाको विशेष कक्षा सञ्चालन हुनेछ भने Self Make up तालिम १५ दिनको हुनेछ । त्यस्तै Eyelashes Extension, Gel Nail Extension, Acrylic Nail Extension, Microblading तथा Hair Chemical सम्बन्धी तालिमहरू पनि १५/१५ दिनका विशेष कक्षाका रूपमा सञ्चालन गरिनेछ । Nail Art Technician सम्बन्धी ३ महिनाको विस्तृत तालिमसमेत उपलब्ध गराइएको छ ।
हेयर स्टाइलिङ क्षेत्रमा रुचि राख्नेहरूका लागि Russian Hair Style सम्बन्धी १ महिनाको विशेष प्रशिक्षण कक्षा सञ्चालन हुने जनाइएको छ । संस्थाले आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय ट्रेन्डअनुसार प्रशिक्षण दिइने भएकाले विद्यार्थीहरूले व्यवहारिक रूपमा सिक्ने अवसर पाउने जनाएको छ ।त्यसैगरी UK, USA, Canada, Europe, Japan लगायतका देशमा जाने योजना बनाएका व्यक्तिहरूका लागि १ महिनाको विशेष ब्यूटीसियन कक्षा सञ्चालन गरिने भएको छ । विदेश जाने तयारीमा रहेका युवायुवतीलाई लक्षित गर्दै तयार गरिएको यो तालिमले अन्तर्राष्ट्रिय बजारमा काम गर्न आवश्यक सीप र अनुभव प्रदान गर्ने संस्थाको दाबी छ ।
संस्थाले Basic Beautician, Advance Diploma Beautician, Beautician Teacher Training लगायत अन्य Short Special Courses पनि सञ्चालन गरिरहेको जनाएको छ । अनुभवी प्रशिक्षकद्वारा सञ्चालन हुने तालिममा थोरै समयमा प्रभावकारी रूपमा सीप सिकाइने व्यवस्था गरिएको छ ।पछिल्लो समय नेपालमा ब्यूटी तथा फेसन उद्योग तीव्र रूपमा विस्तार भइरहेका कारण ब्यूटीसियन तालिमप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । स्वरोजगार बन्न चाहने तथा आफ्नै व्यवसाय सुरु गर्ने योजनामा रहेका महिलाहरूका लागि यस्ता तालिम निकै उपयोगी मानिन्छन् ।
मुस्कान ब्युटी सलोन एण्ड बुटिक को मुख्य कार्यालय काठमाडौंको कोटेश्वर–३२ मा रहेको छ भने शाखा कार्यालय बौद्ध सिद्धार्थनगर २ नम्बर गेट, समता स्कुलसँगै सञ्चालनमा रहेको छ ।भर्ना तथा थप जानकारीका लागि सम्पर्क नम्बर ९८५१२०८०११ र ९८१८९६०१२० मा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।



















