गोरखानेपाली कांग्रेस गोरखा जिल्ला अन्तर्गत धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा चुनावी माहोल तातेको छ। जिल्ला कार्यसमिति सदस्य सागर गुरुङको नेतृत्वमा व्यापक रूपमा युवा परिचालन गरिएको छ। घरदैलो अभियान, टोल–भेटघाट, अन्तरक्रिया कार्यक्रम तथा मतदाता भेटघाटलाई तीव्रता दिँदै युवाहरू सक्रिय रूपमा मैदानमा उत्रिएका छन्।युवा शक्तिको उत्साह, समर्पण र एकताले संगठनलाई थप सुदृढ बनाएको नेताहरूको दाबी छ। गाउँ–गाउँमा पुगेर पार्टीका नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराउँदै सकारात्मक सन्देश प्रवाह भइरहेको जनाइएको छ। स्थानीय स्तरमै संगठित र अनुशासित रूपमा अघि बढिरहेको अभियानले चुनावी परिणाममा सकारात्मक प्रभाव पार्ने विश्वास कांग्रेसजनले व्यक्त गरेका छन्।

May be an image of mountain and text

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेम खत्री पछिल्लो समय जनताको आशा र भरोसाको केन्द्रका रूपमा उदाइरहेका छन्। एक स्थापित पर्यटन व्यवसायीका रूपमा परिचित खत्री पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। लामो समयदेखि पर्यटन क्षेत्रमार्फत स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा गोरखाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्रिय रहँदै आएका उनी गाउँ–बस्तीमा जनतासँगको भेटघाटमा व्यस्त छन्।स्थानीयस्तरमा भएको भेटघाटका क्रममा खत्रीले न्यानो स्वागत पाएको कांग्रेसको दाबी छ। जनसहभागिता, उत्साह र समर्थनले उनीप्रति ठूलो अपेक्षा रहेको संकेत गरेको बताइएको छ।

May be an image of one or more people, motorcycle and text

खत्रीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै हालसम्म करिब ३० हजार विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिएका छन्। गोरखा–१ भित्रका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा प्रयोगशाला सामग्रीसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको, साथै १३ वटा एम्बुलेन्स वितरण गरिएको उल्लेख गरिएको छ। गाउँपालिका र वडा तहका महिला समूहहरूलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको पनि उनले बताएका छन्।यही पृष्ठभूमिमा सागर गुरुङको नेतृत्वमा युवा परिचालनलाई अझ तीव्र बनाइएको छ। कांग्रेसको दाबी अनुसार धार्चे र चुमनुब्रीमा संगठनात्मक एकता र सक्रियताले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

May be an image of motorcycle and mountain

तपाईको प्रतिक्रिया