नेपाली लोकदोहोरी संगीतको मौलिक स्वाद बोकेको नयाँ गीत “माछी बस्यो” सार्वजनिक गरिएको छ। परम्परागत लोक लयलाई आधुनिक प्रस्तुतीसँग सुन्दर रूपमा संयोजन गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो चर्चा पाउन थालेको छ। नेपाली मौलिक संस्कृति, लोकभावना र आधुनिक संगीत प्रविधिको संगम रहेको गीतले सबै उमेर समूहका दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीत “माछी बस्यो” मा गुरुङ फिल्मका सफल निर्माता–निर्देशक तथा नायक सुबाश गुरुङ र चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको सशक्त आवाज रहेको छ। सुबाश गुरुङको गम्भीर र भावनात्मक स्वर तथा शान्ति श्री परियारको परिचित मिठासपूर्ण गायनले गीतलाई अझ आकर्षक बनाएको छ।

गीतको शब्द, संगीत तथा एरेञ्ज शिवा कनौजे मगरले तयार पारेका हुन्। लोक संस्कृतिको मर्मलाई नछोडी आधुनिक स्वाद मिसाइएको संगीत संयोजनले गीतलाई फरक पहिचान दिएको छ। सरल तर गहिरो भाव बोकेको शब्दले ग्रामीण परिवेश, प्रेम र जीवनशैलीलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको देखिन्छ।गीतको भिडियो पक्ष पनि उत्तिकै सबल रहेको छ। भिडियोमा जुना गुरुङ र  सुबाश गुरुङ (गणेश) को आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ। लोकभाकाको गीतमा कलाकारहरूको स्वाभाविक अभिनय र नृत्यले गीतको भावनालाई जीवन्त बनाएको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् भने छायांकन करण चैसिरसम्पादन तथा कलर बिनोद बामले गरेका छन्। भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, लोकेसन र क्यामेरा वर्कले गीतलाई अझ प्रभावशाली बनाएको छ।

MACHHI BASYO || Lok Dohori Song 2026 ||Shanti Shree Pariyar, Subash Gurung, Siwa Kanauje Magar

सुभाष गुरुङलाई नेपाली चलचित्र क्षेत्रका एक सफल कलाकारका रूपमा चिनिन्छ। उनी गुरुङ फिल्मका सफल निर्माता, निर्देशक तथा नायक हुन्। नेपाल बाहिर रहे पनि उनी नेपाली गीत–संगीत, कला र साहित्यप्रति गहिरो रुचि राख्ने कलाकार हुन्। नेपाली चलचित्रको पर्दामा आफ्नै छुट्टै पहिचान बनाउन सफल सुभाष गुरुङ पछिल्लो समय गीत–संगीत क्षेत्रमा पनि सक्रिय हुँदै आएका छन्। “माछी बस्यो” उनको यही संगीतप्रतिको रुचि र लगावको उदाहरण हो।

नेपाली मौलिकता जोगाउँदै नयाँ पुस्तासम्म लोकदोहोरी संगीत पुर्‍याउने उद्देश्यसहित तयार गरिएको “माछी बस्यो” ले लोक संगीतप्रेमीहरूको मन जित्ने विश्वास गरिएको छ। गीतले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा गीतप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन्। नेपाली लोकदोहोरी संगीतमा नयाँ स्वाद खोज्ने दर्शक–श्रोताका लागि “माछी बस्यो” एक आकर्षक प्रस्तुती बनेको छ। भने सुबाश गुरुङ नामक युटुब च्यानल बाट उक्त गीत तथा भइयो सार्बजनिक गरेका छन्।

तपाईको प्रतिक्रिया