गुरुङ (तमु) समुदायको मौलिक संगीत, प्रेम, भावना र संस्कृतिको मिठो संगम बोकेको नयाँ गुरुङ गीत ‘चु ज्योवन क्योलै तै (यो जीवन तिम्रै भयो)’ सार्वजनिक भएको छ। २०२६ को यो नयाँ प्रस्तुतिले माया–प्रेमका भावनात्मक शब्द, सुन्दर धुन र गुरुङ संस्कृतिको पहिचानलाई उत्कृष्ट रूपमा उजागर गरेको छ।

 

गीतमा उषा गुरुङ र **लक्ष्मण बी.सी.**को सुमधुर स्वरले प्रेमिल भावनालाई अझ गहिरो बनाएको छ। गीतका शब्द कमल बहादुर गुरुङ (लोटस) ले लेखेका हुन् भने संगीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन्। शब्द र संगीतको संयोजनले गीतलाई श्रोता तथा दर्शकका लागि मन छुने बनाएको छ।

Chu Jyoban Kyolai Tai (यो ज्योवन तिम्रै भयो) | New Gurung Song 2026 || Usha Gurung || Laxman BC ||

भिडियो पक्षमा पनि गीत उत्तिकै आकर्षक बनेको छ। यसको छायांकन पिटर गुरुङमोहन काफ्लेले गरेका छन् भने सम्पादन ज्योति प्रोडक्सनले गरेको हो। भिडियोमा गुरुङ समुदायको मौलिकपन, संस्कार र जीवनशैलीलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।माया, साथ र समर्पणको कथा बोकेको यो गीतले गुरुङ/तमु समुदायको संगीत र पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ। निर्माण टिमले गुरुङ (तमु) समुदायको मौलिक संगीतको संरक्षण र प्रवर्द्धनका लागि दर्शक तथा श्रोताबाट माया, साथ र समर्थनको अपेक्षा गरेको छ। नयाँ गुरुङ गीत ‘चु ज्योवन क्योलै तै (यो जीवन तिम्रै भयो)’ ले गुरुङ संगीतप्रेमीहरूका साथै सम्पूर्ण दर्शक–श्रोताको मन जित्ने आशा गरिएको छ।भने उक्त गीत तथा भिडियो ग्लोबल नेपाल इन्टरटेन्मेन्ट युटुब बाटसार्बजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया