यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिरमिरे’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। निर्देशक याम शेर्पाको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखुशाइसा गौचन मुख्य भूमिकामा देखिएका छन्।

 

माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने ‘मिरमिरे’ ले एक बुवाको संघर्ष, प्रेम र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरेको छ। ट्रेलरमा दयाहाङ राई एक जिम्मेवार बुवाको भूमिकामा देखिन्छन्, जो एक्ली छोरीको स्याहार–सुसारमा समर्पित छन्। यही क्रममा उनी र सिर्जना निङलेखुबीच प्रेम अंकुराउँछ।आमाले छाडेकी एक्ली सन्तानले पुनः मातृत्वको माया पाउँछिन् कि पाउँदिनन् भन्ने भावनात्मक प्रश्नले फिल्मको कथा अघि बढ्छ। यही जिज्ञासाको उत्तर पाउन दर्शकले हलसम्म पुग्नुपर्ने संकेत ट्रेलरले दिएको छ।ट्रेलरको अर्को रोचक पक्ष दयाहाङ राईको पूर्वपत्नीको भूमिकामा छुल्ठिम गुरुङको सरप्राइज प्रवेश हो, जसले कथालाई अझ गहिरो र संवेदनशील बनाएको छ। मानवीय सम्बन्धका यी जटिल पहेलीलाई निर्देशक याम शेर्पाले हृदयस्पर्शी ढंगले पटकथामा बुनेका छन्।सरल, सहज र ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तु मन पराउने दर्शकका लागि ‘मिरमिरे’ एक दर्शनीय फिल्म हुने अपेक्षा गरिएको छ।

MIRMIRE || Nepali Movie Official Trailer 2026 || Dayahang Rai, Prakash Saput, Srijana Ninglekhu

तपाईको प्रतिक्रिया