आदिवासी गीत संगीत र चलचित्र क्षेत्रको उत्कृष्टतालाई सम्मान गर्न आयोजना गरिएको “तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२” काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भव्यरुपमा सम्पन्न भएको छ। अवार्ड समारोह चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै सुरु भएको थियो।समारोहमा लिम्बु, तामाङ, र गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीत, संगीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रममा चार चाँद लगाएका थिए। कार्यक्रममा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, अग्रज लोक गायक कृष्ण गुरुङलाई विशेष सम्मान प्रदान गरिएको थियो। यसैगरी, अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला ह्रिमठिम तामाङ डम्फु संघ नेपाललाई पनि सम्मान गरिएको थियो।

अवार्डको निर्णायक समितिमा चलचित्र निर्देशक दिनेश लिङदेन, संगीत संयोजक डिका गुरुङ, संगीतकार आरम्भ तामाङ र राज लिम्बु रहेका थिए। अवार्ड संयोजक शनि लिम्बुले स्वागत मन्तव्य राख्दै आदिवासी गीत, संगीत र चलचित्रलाई जोड्न र प्रोत्साहित गर्न यो अवार्ड आयोजना गरिएको बताइन्। कार्यक्रममा अध्यक्ष उमेश गुरुङले आदिवासी जनजाति समुदायलाई राज्यले बेवास्ता गरेको बेला, अवार्ड र सम्मानमार्फत प्रोत्साहन दिने उद्देश्य रहेको उल्लेख गरे।अवार्ड वितरण क्रममा आदिवासी चलचित्रतर्फ उत्कृष्ट चलचित्रको अवार्ड लिम्बु चलचित्र “नाम ओती” ले प्राप्त गर्यो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र “टुहुरी” बाट जनक गुरुङले हात पारे। आदिवासी चलचित्र तर्फ उत्कृष्ट अभिनेता पूर्ण बहादुर लिम्बु (“नाम ओती”) र उत्कृष्ट अभिनेत्री रुपा एस. घले (“श्होङ”) घोषित भए।चरित्र अभिनेता तथा अभिनेत्रीको अवार्डसमेत विभिन्न चलचित्रले हात पारे। गुरुङ चलचित्र “टुहुरी” बाट कुमार साम्री घले (चरित्र अभिनेता), अच्युत गुरुङ (जुरी अवार्ड), र कमला राई (करु) (चरित्र अभिनेत्री) अवार्ड विजेता भए। लिम्बु चलचित्रतर्फ चरित्र अभिनेता तीर्थराज लिम्बु (“चे”) र चरित्र अभिनेत्री ज्योति लिम्बु (“नाम ओती”) घोषित भए।

तामाङ समुदायतर्फ तामाङ सेलो उत्कृष्ट गायकको अवार्ड सातै प्रदेशबाट देवलाल मोक्तानले, जुरी अवार्ड “आजको रमाइलो” बाट हरिलाल तामाङले प्राप्त गरे। उत्कृष्ट गायिकाको अवार्ड ओङमु शेर्पा (“हुरहुर दौँतरी”) ले हात पारे भने जुरी अवार्ड लक्ष्मी घिसिङ (“झेवा मैच्याङ”) ले प्राप्त गरे। तामाङ गीत उत्कृष्ट पुरुष मोडल मंगले तामाङ (मनोज थीङ) (“फनफनी घुम्ने”) र पब्लिक च्वाईस अवार्ड सुजन घले (“साइला नक्कले”) ले प्राप्त गरे। तामाङ सेलो उत्कृष्ट महिला मोडल जाडो बढ्यो याङ्गी दोङ र जुरी अवार्ड सपना तामाङ (“तुम्लिङटार”) ले हात पारे।

म्हेन्दोमाया विधामा उत्कृष्ट गायक सुमन घले (“संकेन तोमौ”), उत्कृष्ट गायिका सिता लामा (“हंगामा मच्चाइ”), र जुरी अवार्ड डोल्मा लोप्चन (“मायालाई चिनो”) ले प्राप्त गरे। महिला मोडलको अवार्ड सलिना तामाङ (“तोला तोला”) ले जितिन्।मौलिक/गुरुङ गीत उत्कृष्ट गायिकाको अवार्ड पवित्र गुरुङ (“मारै ट झलल”), जुरी अवार्ड दुर्गा गुरुङ (“फूलको थुंगा”), र पब्लिक च्वाईस अवार्ड अनिता गुरुङ (“तमु समाज युके”) ले हात पारे।लिम्बु गीत उत्कृष्ट गायक शम्भु फोम्बा (“पालाम आनिङबा ५”), जुरी अवार्ड तानाम तान्छो लावती (“मिघम्ब”), उत्कृष्ट गायिका हेमुस्मृती चोङ्बाङ (“अम्लेङसा के ओत्ल”) ले प्राप्त गरे। भिडियो पुरुष मोडल हर्क घिसिङ (“पालाम फुङहेक्के २”), महिला मोडल सुम्निमा खापुङ लिम्बु (“सोमिप्पा”) ले हात पारे भने चरित्र अभिनेत्रीको अवार्ड मिना लिम्बु (“चिन्डो मा धान छ”) ले जितिन्।

मौलिक गीत गायन तर्फ उत्कृष्ट गायक आर. के. गुरुङ (“तमु समाज युके”), पब्लिक च्वाईस अवार्ड नन्दु राई (“ढोल झ्याम्टो”), उत्कृष्ट गायिका शिला राई (“उहिलेको माया”), जुरी अवार्ड रबिन लेछार (“हौ लुंगा”) ले प्राप्त गरे।आदिवासी गीत गायिकाको अवार्ड जुनी खालिङ राई (“काफल पाक्दा बनैमा”) र गीत गायकको अवार्ड मिस्टर एलोन सोनाम गुरुङ (“लकु फोरी”) ले प्राप्त गरे। आदिवासी म्युजिक भिडियो निर्देशकको अवार्ड रमेश थापामगर (“जोडी राम्रो”), नृत्य निर्देशक तेन्याङ (सरु) गुरुङ राना (“तमु समाज युके”) ले हात पारे। आदिवासी गीत उत्कृष्ट महिला मोडल रिस्ता गुरुङ (“हङकङको चिनो”), महिला मोडल पब्लिक च्वाईस देचाङ अंगमा घले (“लकु फोरी”), बाल कलाकार तेन्जिङ जस्टिङ गुरुङ (“लकु फोरी”) ले अवार्ड जिते।आदिवासी उत्कृष्ट गीतकारको अवार्ड सूर्य गुरुङ (“तमु समाज युके”), संगीतकारको अवार्ड मिस्टर एलोन सोनाम गुरुङ (“लकु फोरी”), म्युजिक भिडियो छायांकार सञ्जय बुढाथोकी मगर (“डोको चोयाले”), मेकअप आर्टिष्ट सोम मगरांती (“आन्छी मिम आफाल्लाङ”) ले प्राप्त गरे।समारोहमा वर्षको सर्वोत्कृष्ट आदिवासी गीतको अवार्ड हङकङको चिनोले जित्यो भने पब्लिक च्वाईस अवार्ड तमु समाज युकेलाई प्रदान गरिएको थियो। कार्यक्रम क्वालिटी फिल्मस् प्रा. लि. को आयोजनामा सम्पन्न भएको थियो।























