नेपाली सांगीतिक क्षेत्रमा अर्को एक आकर्षक सिर्जनाका रूपमा गायक राजु तोलाङ्गी गुरुङ र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘ख्याल ख्याल ठट्टैमा’ सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ। सार्वजनिक भएसँगै गीत सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा तीव्र रूपमा फैलिँदै चर्चाको शिखरमा पुगेको छ।प्रदेशमा रहेर पनि आफ्नो जन्मभूमि नेपालप्रतिको गहिरो माया र नेपाली कला–साहित्यलाई सधैं शिरमा सजाएर निरन्तर सिर्जनामा सक्रिय गीतकार तथा संगीतकार टेक गुरुङ प्रशंसाको पात्र बनेका छन्। अमेरिकालाई आफ्नो कर्मथलो बनाउँदै आएका टेक गुरुङ एक सफल गीतकार तथा संगीतकार मात्र नभई मन माया फाउन्डेसनका निर्देशक समेत हुन्  युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकामा पनि आबद्ध रहँदै सामाजिक र सांस्कृतिक गतिविधिमा सक्रिय योगदान दिँदै आएका छन्।

टेक गुरुङकै शब्द र संगीतमा तयार भएको ‘ख्याल ख्याल ठट्टैमा’ गीत हालै मात्र उनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले छोटो समयमै उल्लेखनीय दर्शक संख्या बटुल्नुका साथै सकारात्मक प्रतिक्रिया पाउँदै लोकप्रियताको शिखरतर्फ उक्लिरहेको छ।गीतमा राजु तोलाङ्गी गुरुङ र मेलिना राईको सुमधुर आवाजले प्रेम, रमाइलोपन र भावनालाई जीवन्त बनाएको छ। भिडियो पक्षमा भने चर्चित अभिनेता पल शाह र अभिनेत्री चाहना पुन मगरको आकर्षक नृत्य तथा अभिनयले गीतलाई अझ प्रभावशाली बनाएको छ। पल र चाहनाको जोडीले पर्दामा देखाएको केमेस्ट्रीले दर्शकको मन जित्दै नयाँ इतिहास कोर्ने संकेत गरेको छ।प्राविधिक रूपमा पनि गीत बलियो बनेको छ। संगीत संयोजन सागर बिरही, मिक्सिङ तथा मास्टरिङ खडक बजुराली, भिडियो निर्देशन तथा कोरियोग्राफी मौसम हिमाली, छायांकन नवराज उप्रेती र सम्पादन तथा कलर अमृत चापागाईंले गरेका छन्।समग्रमा, ‘ख्याल ख्याल ठट्टैमा’ गीतले नेपाली संगीतप्रेमीलाई नयाँ स्वाद दिनुका साथै विदेशमा रहेर पनि नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा टेक गुरुङजस्ता सर्जकको योगदान कति महत्वपूर्ण छ भन्ने कुरा पुनः प्रमाणित गरेको छ।

Khyal Khyal Thattaima - Raju Tolangi Gurung | Melina Rai | Paul Shah | Chahana Pun Magar | New Song

तपाईको प्रतिक्रिया