काठमाडौं। प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित गुरुङ चलचित्र ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा भाइरल बन्दै व्यापक चर्चा कमाएको छ। गीत रिलिजसँगै दर्शक तथा संगीतप्रेमीहरूले यसको शब्द, संगीत, भिडियो प्रस्तुति र भावनात्मक अभिव्यक्तिको खुलेर प्रशंसा गरेका छन्।गुरुङ संस्कृति, पहिचान, भाषा र सामुदायिक मूल्यलाई नयाँ रूप–रङसहित विश्वभर चिनाउने लक्ष्यका साथ निर्माण गरिएको चलचित्र ‘प्युरी’ले तमु चलचित्र क्षेत्रलाई अर्को स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ। पछिल्ला वर्षमा देश–विदेशमा तीव्र रूपमा बढिरहेको गुरुङ भाषिक चलचित्रप्रतिको रुचिले ‘प्युरी’लाई पनि दर्शकको उच्च प्रतिक्षाको केन्द्रमा पुर्‍याएको छ।

निर्माण टिमका अनुसार ‘प्युरी’ले गुरुङ समुदायको मौलिक सांस्कृतिक जीवनपद्धति, परम्परा, सामुदायिक सम्बन्ध, भावनात्मक उतार–चढाव, तथा सांस्कृतिक मूल्यवोध लाई अत्यन्तै यथार्थ, संवेदनशील र कलात्मक ढंगमा प्रस्तुत गरेको छ। चलचित्रले ग्रामीण जीवनशैलीदेखि समकालीन सामाजिक संरचनासम्मका विविध पाटोलाई आत्मीयतापूर्वक समेट्ने दाबी गरिएको छ।सार्बजनिक गीतमा मेलिना राई, तिलक बस्नेत,प्रिजुङ गुरुङ, पवित्रा गुरुङको सुमधुर स्वर रहेको छ।गीतका शब्द/संगीत तिलक बस्नेतको रहेको छ भने एरेन्ज सुधिप सागर, मिक्सिङ श्यामश्वेत रसाइलीले सम्पन्न गरेका छन्। मन छुने शब्द र मधुर संगीतसँगै आकर्षक दृश्य प्रस्तुति पनि दर्शकलाई लोभ्याइरहेको छ।गीतको कोरियोग्राफी फिल्मका निर्देशक उमेश गुरुङ र भुवन लामाले गरेका छन्।चलचित्रमा अनेक प्रतिभाशाली कलाकारहरूको अभिनय रहेकाे छ।

Song Dhateko Haina | Pyuri movie song | Tilak Basnet & Melina Rai | Anand Gurung & Rina Gurung
मुख्य कलाकारहरू:अनन्द गुरुङ, रिना गुरुङ, धिरेन शक्य, उमेश गुरुङ, उषा खड्की, कविता आले, राजु गुरुङ, किरण गुरुङ, नवराज जंग थापा, मौसम कुमार गुरुङ, साम्या गुरुङ, प्रेणा गुरुङ, सुमिता गुरुङ, सोनी कन्डेल, रबिना गुरुङ बाल कलाकार: क्रिस्टिना गुरुङ, आयुषा गुरुङ, दिपेश गुरुङ, एरेञ्जर डिका गुरुङ तथा सुधिप सागर रहेका छन्।क्यामेरा: खेम थापा,सह–क्यामेरा:,कथा/लेखन: मनबहादुर गुरुङ,कथा/पटकथा/संवाद: उमेश गुरुङ,निर्देशन: उमेश गुरुङ, रोशन श्रेष्ठ ,पोष्ट–प्रोडक्सन: क्वालिटी फिल्म्स प्रा.लि.चलचित्रका निर्माता किरण गुरुङ, नवराज जंग थापा, तृष्टराज गुरुङ, सह–निर्माता रबिना गुरुङ रहेका छन्। गीत रिलिज पछि दर्शकहरूले ‘प्युरी’ फिल्मप्रति अझै उत्सुकता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा गीतका दृश्य, अभिनय र भाबनात्मक स्पर्शको प्रशंसा गर्दै धेरैले चलचित्र छिट्टै प्रदर्शन होस् भन्ने अपेक्षा व्यक्त गरिरहेका छन्। गुरुङ फिल्म क्षेत्र急 रूपमा उकासिएको अवस्थामा ‘प्युरी’ले पनि आफ्नो मौलिक कथावस्तु, दमदार प्रस्तुति र सांस्कृतिक साँच्चिकोपनाका कारण दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।

तपाईको प्रतिक्रिया