काठमाडौं।
नेपाली समाजमा महिलाहरूले अवसरभन्दा चुनौती धेरै भोग्नुपर्छ भन्ने धारणा अझै केही ठाउँमा बाँकी छ। तर, यही धारणालाई गलत सावित गर्दै दृढता, मेहनत र आत्मविश्वासको जीवित उदाहरणका रूपमा उभिएकी छिन्—मिनु शर्मा सपना। महिलाले यदि चाहने हो भने हरेक क्षेत्रमा सफलता हात पार्न सक्छिन् भन्ने कुरालाई उनका उपलब्धिहरूले बारम्बार पुष्टि गरिरहेका छन्।व्यवसायिक जीवन होस्, समाजसेवा होस् वा चलचित्र क्षेत्र—जतै हात हाले पनि सफलता र पहिचान आर्जन गर्न सफल भएकी मिनु आज हजारौँ महिलाका लागि प्रेरणादायी चिह्न बनेकी छिन्।

ज्वेलरी व्यवसायमा स्थापित नाम
काठमाडौंको न्युरोडस्थित बिशाल बजारको पसल नं. २६ मा भएर आएको JND Jewelry संचालन गर्दै आएकी मिनु शर्मा सपना व्यवसायिक रूपमा निकै सफल मानिन्छिन्। उहाँको ज्वेलरी ब्रान्ड नेपालमै मात्र सीमित छैन, दुबईमा पनि शाखा सञ्चालन भइरहेको छ भने चाँडै चीनमा पनि शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ।गुणस्तरीय सेवा र ग्राहकप्रतिको विश्वास—यही मूल मन्त्रका कारण JND Jewelry छोटो समयमा नै चर्चित बन्न सफल भएको छ। ज्वेलरी सम्बन्धी कुनै पनि किसिमका नविनतम डिजाइन र उच्च गुणस्तरीय सामानका लागि ग्राहकहरू मिनुको पसलमा पुग्ने गर्छन्।व्यवसायमा मात्र होइन, समाजसेवामा पनि मिनुको योगदान प्रशंसनीय छ। “जहाँ दुःख–कष्ट, त्यही मिनु शर्मा सपना” भन्ने भनाइ जस्तै, विपद् वा समस्या परेको हुनासाथ उहाँ सहयोगका लागि पुग्ने गर्छिन्।आफ्नो क्षमता भित्र बसेर सहयोग गर्ने उनको बानीका कारण धेरै परिवारले राहत, सहयोग र नयाँ आशा पाएका छन्। यसैले उहाँलाई विभिन्न सामाजिक संस्थाहरूले कदर, सम्मान र अवार्ड प्रदान गर्ने गरेका छन्।हिजो मात्र काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा पनि उनको समाजसेवी भावना पहिचान गर्दै सम्मानित गरिएको थियो। सम्मान ग्रहण गर्दा उनले सबै आयोजक तथा शुभचिन्तकहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गरेकी थिइन्।

चलचित्र क्षेत्रमा पनि सक्रिय : ‘मन बिनाको धन’ की सफल निर्मात्री
मिनु शर्मा सपना केवल व्यवसायी वा समाजसेवी मात्र होइनन्, एक फिल्म निर्मात्री पनि हुन्। अहिले देशभर सफलता पूर्वक प्रदर्शन भइरहेका चलचित्र ‘मन बिनाको धन’ की उनी निर्मात्री हुन्।नेपाली फिल्म उद्योगमा नयाँ प्रतिभा जन्मिनुपर्छ भन्ने सोच राख्ने उनी विशेष रूपमा बाल–प्रतिभा अशोक दर्जी लिएर अत्यन्त समर्पित देखिन्छिन्।अशोकको क्षमता र भविष्यमाथि विश्वास राख्दै उनले करोडौँ रुपैयाँ लगानी गरेर उनलाई अवसर दिलाइन्। आज फिल्मले राम्रो सफलता पाउँदा उनी हर्षित मात्र छैनन्, आफ्नो निर्णयप्रति गर्वसमेत महसुस गरिरहेकी छन्। योगदानका कारण विभिन्न संघ–संस्थाले उनलाई सम्मानित गर्दै उनको मन, सोच र कार्यलाई उच्च मूल्यांकन गरेका छन्।
छोरी सामाग्री पनि कलाकारितामा उदाउँदै
मिनु शर्मा सपनाको प्रेरणामा उनकी छोरी सामाग्री पनि चलचित्र क्षेत्रमा प्रवेश गरिसकेकी छिन्। ‘मन बिनाको धन’ मा अभिनय गरेसँगै उनले दर्शकहरूको मन जित्न सफल भएकी छन्।सुन्दर रूपसँगै अभिनय कौशलले पनि प्रशंसा बटुलेकी सामाग्रीलाई नेपाली सिनेमाको नयाँ पुस्ताको आशा मानिन थालेको छ।एक सफल व्यवसायी, समाजसेवी, चलचित्र निर्मात्री र असल आमाको पहिचान बनाएकी मिनु शर्मा सपना आज हजारौँ महिलाको लागि प्रेरणादायी नाम बनिकी छिन्।उनको संघर्ष, दृढता र सकारात्मक सोचले नेपाली महिलाहरूलाई चुचुुरोमा पुग्न प्रेरणा प्रदान गरिरहेको छ।आगामी दिनमा पनि व्यवसाय, समाजसेवा र कलाकारिता—सबै क्षेत्रमा निरन्तर प्रगति र सफलताको कामना।



















