काठमाडौं – लोकप्रिय गुरुङ सांगीतिक क्षेत्रका चर्चित नामहरु गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको आवाजमा सजिएको नयाँ गुरुङ गीत ‘ङिला रोधिरी’ सार्वजनिक भएको छ। गीत Durga Maya Gurung युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।पछिल्लो समयमा गुरुङ भाषाका गीत–संगीतले नेपाली दर्शक तथा श्रोतालाई आकर्षित गर्दै आएका छन्। त्यसमाथि नेपाली र गुरुङ दुवै भाषामा सशक्त जम्बा जमाउ गर्न सफल दुर्गा गुरुङको उपस्थितिले यस गीतलाई थप चर्चा दिलाइरहेको छ। लामो समयदेखि संगीत यात्रामा सक्रिय रहँदै आएकी दुर्गा गुरुङका गीतहरु देश तथा विदेशमा अत्यधिक रुचाइँदै आएका छन्। निकट भविष्यमा उनले युरोपका विभिन्न स्थलसँगै अमेरिकामा हुने सांगीतिक कार्यक्रमका लागि समेत यात्रा गर्ने तयारी गरिरहेकी छन्।
सार्वजनिक भएको केही समयमा नै ‘ङिला रोधिरी’ले दर्शक–श्रोताको राम्रो प्रतिक्रिया बटुलेको छ। गीतमा सहकार्य गरेका गायक नरेश गुरुङ पनि आफ्नो मिठासपूर्ण आवाजका कारण चर्चामा उक्लिएका छन्। दुर्गा र नरेशको स्वर संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको श्रोताहरूको प्रतिक्रिया रहेको छ।गीतमा शब्द–सङ्गीत : केश बहादुर गुरुङको रहेको छ भने ♪ समूह गायनमा भीमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ गुरुङले साथ दिएका छन्। गीतलाई एरेञ्ज/रेकर्ड/मिक्स/मास्टर तेजेन्द्र गुरुङले गरेका छन् र स्टुडियो : सुर साधनामा रेकर्ड गरिएको हो। भिडियोमा आनन्द गुरुङ, क्रिस गुरुङ, बबिता गुरुङ र दिप्शिका गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोमा नृत्य तथा प्रस्तुति अत्यन्त आकर्षक बनेको छ। गीतको कथा/निर्देशन/कोरियोग्राफी लोकप्रिय निर्देशक उमेश गुरुङले गरेका छन्।
साथै भिडियोका अन्य प्राविधिक पक्षः सिनेम्याटोग्राफी : राजेश घिमिरे,कोरियोग्राफी : भुवन लामा,एडिट/कलर : रोशन ढकाल,पोष्ट प्रोडक्सन : क्वालिटी फिल्म्स प्रा. लि.
समग्रमा, उत्कृष्ट सिर्जना, दमदार आवाज र आकर्षक भिडियोका कारण ‘ङिला रोधिरी’ अहिले गुरुङ सांगीतिक दुनियाँमा विशेष चर्चा कमाइरहेको छ।























