नायक तथा गायक राम प्रसाद गुरुङको नवीनतम गुरुङ गीत “ङोल्स्यो मन्सरा” औपचारिक रूपमा सार्वजनिक भएको छ। गीतमा राम प्रसाद गुरुङउषा गुरुङको सुमधुर आवाज समावेश गरिएको छ। तेजेन्द्र गुरुङको एरेञ्जमा तयार भएको यस गीतको रचना स्वयं राम प्रसादले गरेका हुन् भने रचनामा पासाङ गुरुङले सहकार्य गरेका छन्। गीत सुर साधना एचडी स्टुडियोमा रेकर्ड गरिएको हो।

पछिल्लो समय गुरुङ भाषाका गीत–संगीत तथा चलचित्रहरू निरन्तर चर्चामा रहेका बेला राम प्रसाद गुरुङको यो नयाँ सिर्जनाले थप उत्साह थपेको छ। नेपाली गीत–संगीत मात्र होइन गुरुङ भाषाको सिनेमामा समेत सशक्त उपस्थिती जनाइसकेका उनले केही दिनअघि मात्र आफू अभिनित चर्चित गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ सफलतापूर्वक प्रदर्शन गरिसकेका थिए। उक्त चलचित्र नेपालभित्र मात्र नभई विदेशमा पनि उत्कट चर्चाको विषय बनेको छ र विदेशमा प्रदर्शनीको माग बढ्दो छ।त्यसैबीच सार्वजनिक भएको “ङोल्स्यो मन्सरा” गीतले पनि छोटो समयमै उल्लेखनीय चर्चा बटुलेको छ। गीत र भिडियो दुवै राम प्रसाद गुरुङको आधिकारिक युट्युब च्यानल ‘Ram Prasad Gurung’ मार्फत सार्वजनिक गरिएको हो।गीतको भिडियो पनि आकर्षक र कथ्यमय बनेको छ। भिडियोमा राम प्रसाद गुरुङविपना गुरुङले दमदार अभिनय गरेका छन्। उनीहरूको नृत्य, भाव–अभिव्यक्ति तथा सुन्दर दृश्यावलोकनले भिडियोलाई अझ परिष्कृत बनाएको दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन्।भिडियोको सिनेमेट्रोग्राफी सन्देश गुरुङ एण्ड टिमले सम्हालेका छन् भने प्रवीन नेपालीले सम्पादन गरेका हुन्। भिडियोका निर्माता राम प्रसाद गुरुङ ‘मनाङ’ हुन्। गीत तथा भिडियोको निर्देशन जसु गुरुङले गरेका छन्।

Ngolsyo Mansara | Ram Prasad Gurung & Usha Gurung Ft. Bipina Gurung | New Gurung Song 2082/2025

सार्वजनिक गीतप्रति दर्शक–श्रोताको साथ र समर्थनप्रति आफू आशावादी रहेको बताउँदै गायक–अभिनेता गुरुङले सबैलाई गीत हेरी–सुनेर समर्थन प्रदान गर्न आग्रह गरेका छन्। गुरुङ समुदायको मौलिकता, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आफू सदैव समर्पित रहेको उनी बताउँछन्।“ङोल्स्यो मन्सरा” को सफल सुरुवातसँगै राम प्रसाद गुरुङ पुनः गुरुङ गीत–संगीतका प्रमुख हस्तीको रूपमा चर्चामा छन्।

तपाईको प्रतिक्रिया