रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ले आफ्नो नयाँ गीत ‘पिन्टु पियारी’ सोमबार सार्वजनिक गरेको छ। युना डिजिटलको युटुब च्यानलमार्फत रिलिज गरिएको यो डान्सिङ नम्बरमा मुख्य कलाकार प्रभात पालस्मारिका ढकालबीचको झिलिमिली रोमान्स र आकर्षक नृत्य प्रदर्शनले दर्शकको ध्यान तानिरहेको छ। रिलिज भएको केही समयमै गीतले उल्लेख्य भ्यू तथा सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकको मनमा बस्न सफल भएको निर्माण टिमले जनाएको छ।गीतलाई हरि गिरी (बिमर्शी)शान्तीश्री परियारले आफ्ना मिठा आवाजमा प्रस्तुत गरेका छन्। साथै गीतको संगीत तथा शब्द पनि हरि गिरीकै रहेको छ।

प्रभात र स्मारिका ‘मुगलान’ गीतमा छमछमी नाचे एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ र राज खड्काको रेकर्डिङले गीतलाई अझै प्रभावकारी बनाएको छ।यसअघि पनि फिल्म ‘मुगलान’का प्रचार–प्रसार सामग्रीले राम्रो चर्चा बटुलेका थिए। फिल्ममा मुख्य जोडी प्रभात र स्मारिकासँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोलालगायत कलाकारको दमदार उपस्थिति रहनेछ।

आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यस फिल्मका निर्माता गोमन सिंह हुन् भने रिता चौधरी को–प्रोड्युसरका रूपमा आवद्ध छिन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’, द्धन्द्व निर्देशन जय बिष्ट र राम गुरु, र डीओपी अजय रेग्मी रहेका छन्। फिल्ममा विजिएम रिदम कँडेल, कोरियोग्राफर देबेन्द्र कुँवर र संगीतमा किरण भुषालको समेत विशेष योगदान रहेको छ।फिल्मका गीत–संगीतमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) आदिको आवाज सुन्न सकिन्छ भने गीतकारमा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) को सहभागिता रहेको छ।फिल्म ‘मुगलान’लाई आर आर फिल्म्सले वितरण गर्ने भएको छ। सार्वजनिक सामग्रीका आधारमा दर्शकको उत्साह हेर्दा फिल्म प्रर्दशनमा पनि ‘मुगलान’ले राम्रो चर्चा कमाउने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया