नेपाली चलचित्र, टेलिसिरियल र म्युजिक भिडियो क्षेत्रमा आफूलाई स्थापित गर्न सफल अभिनेत्री आशा भुषाल अभिनित नयाँ म्युजिक भिडियो ‘फूल फुल्यो केशरी’ सार्वजनिक गरिएको छ। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक उक्त भिडियोमा अभिनेत्री भुषालसँगै कलाकार प्रवेश उप्रेतीले पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।प्रेम, संवेदना र सौन्दर्यको सुन्दर अभिव्यक्तिसहित तयार गरिएको यो भिडियोको निर्देशन र छायांकन मरुभूमि नारायणले गरेका हुन्। गीतमा दीपक शर्माको शब्द र संगीत, अनु चौधरी र सबिन सुवेदीको सुमधुर आवाज, साथै पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। ध्वनि सम्पादन नरेन्द्र बियोगी र भिडियो सम्पादन रोशन धितालले गरेका हुन्।

 

‘फूल फुल्यो केशरी’ गीतले फूलको फुलाइसँगै मानवीय प्रेम, आत्मिक सम्बन्ध र भावनात्मक संवेदनाको कथा बुनिएको छ। निर्देशक मरुभूमि नारायणको कलात्मक दृष्टि, प्रवेश उप्रेतीको प्राकृतिक अभिनय र अभिनेत्री आशा भुषालको प्रभावशाली उपस्थितिले भिडियोलाई अझ आकर्षक बनाएको छकलाकार भुषालका अनुसार, “यो गीतले सौन्दर्य र संवेदनाको सन्तुलन प्रस्तुत गरेको छ। यसले दर्शकमा प्रेम र आत्मियताको अनुभूति जगाउनेछ भन्ने विश्वास छ।

Phool Fulyo Keshari | Anu Chaudary, Sabin Subedi | Ft. Prabesh Upreti Paul, Asha Bhushal | New Song

तपाईको प्रतिक्रिया