लेकको हावाले त् उडाउछ है सोल्टी तिर्खा लाग्यो भने भन है जाड छान्दिन्छु यो सम्बाद हो यही वैशाख २६ गतेदेखि तापाइको नजिककोसिनेमा घरहरुमा पर्दशन हुन लागेको चलचित्र ‘ऊनको स्वीटर’को हो भने चलचित्र ‘ऊनको स्वीटर’को यति बेला निकै चर्चा चुलिएको छ नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरु वैशाख २६ गतेलाइ कुरेर बसेका छन् अर्थात् चलचित्र ‘ऊनको स्वीटर’ हेर्ने दिन कुरेर बसेका छन् चलचित्र ‘ऊनको स्वीटर’ ट्रेलर र गीतलाई पनि अत्त्य्धिक रुचाएको छ भने यो चलचित्र सफल हुनुमा कुनै दुइ मत छैनoonkosweater-1732537942.jpg

चलचित्र ‘ऊनको स्वीटर’को गएको मङ्गलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले कन्सर्ट गरेको थियो ।आर्टमाण्डू प्रा.लिको ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो भने यो चलचित्रलाई एक मौलिक अनि अर्घ्यानिक चलचित्र होभंदा खासै फरक पर्दैन चलचित्र निर्मातामा केन्द्र मोसन पिक्चर्स रहेको छ भने छ भने सह–निर्मातामा साहाङ चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने छन्। कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री रहेका छन्

निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए ।मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,चौहानले भने । चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे । अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुवात गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् ।कलाकार भावना खपाङ्गी मगरले आफू फिल्मका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन् । कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन् । चलचित्रमा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै चलचित्रलाई पनि माया गरिदिन आग्रह गरे ।
’ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ ।सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

तपाईको प्रतिक्रिया