पछिल्लो समयमा गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्रहरुले नेपाली फिल्म उद्योगमा नयाँ पहिचान बनाउँदै ल्याइरहेका छन्। विशेषगरी ‘तमु चलचित्र’को लोकप्रियतासँगै देशभित्र मात्र होइन, विदेशमा समेत गुरुङ चलचित्रप्रतिको रुचि र माग तीव्र रूपमा बढिरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै मुनाल फिल्म प्रालिको ब्यानरमा तयार भएको गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ अब राजधानी काठमाडौँमा पनि प्रदर्शन हुने भएको छ।पोखरा, चितवन, धादिङ र हङकङमा भव्य प्रदर्शन भइसकेको यो चलचित्रले जहाँ जहाँ प्रदर्शन भयो, त्यहाँ दर्शकको अत्यधिक उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। गुरुङ भाषा, परम्परा र जीवनशैलीलाई आधुनिक प्रेमकथासँग मिसाएर प्रस्तुत गरिएको यस चलचित्रले सबै समुदायका दर्शकको मन छुने आशा गरिएको छ।

चलचित्र ‘ङोल्स्यो रामरानी’ मा राम प्रसाद गुरुङ, विष्णु गुरुङ, सपना गुरुङ, इशा गुरुङ र रेशम गुरुङलगायत थुप्रै चर्चित कलाकारहरुको दमदार अभिनय देख्न सकिन्छ। चलचित्रको कथा बिबेक गुरुङले लेखेका हुन् भने पटकथा जनक गुरुङको रहेको छ। निर्देशन पनि बिबेक गुरुङकै हो, जसले यसअघि पनि गुरुङ भाषाका फिल्महरूमा आफ्नो सशक्त योगदान दिइसकेका छन्।

May be an image of text that says 'मुनाल फिल्म प्रा ली को प्रस्तुति डोल्स्यो शामरानी पटक्धा निर्दशन जनक गुरुड करा राम पसाद लेखन जिर्दशक विवेक गुरुड निर्माला पसपत गुरुछ लোন্তানী जज बहादूर हিভিফন্ত घनराजा गुरुद हिভিकाजी बिकास श्ाम्हे गुरुख अणिता गुरुड सेलायत पोसरा बहादुर गुरुड दुरुड कृतिमान मुरुड सण्ना ुसुछ गुरुक कृतिमान जयक गुरु मनोज जणेश गुरुड बिनोद रसाइली सगोग गणेश मिलब नेवार रेजना परियार गुरु का्रकन स्व. सिम बहादुर मुरुद सम्पाद मेक महादुर थाणा जखीति निजन नेपाल पास्टर उजाइन निकोलस गुरुड KATHMANDU PREMIERE 29th Kartik, 2082 (15th November, 2025), Saturday 2082 Kartik 29th, Saturday 01:30 M Infinity Movies, Gongabu, Kathmandu'

निर्माण टिमका अनुसार यो चलचित्रले गुरुङ समुदायको संस्कार, संस्कृतिको सुन्दर प्रस्तुति र सामाजिक सन्देश बोकेको छ। प्रेम, पारिवारिक सम्बन्ध र गाउँ–घरको वास्तविक जीवनशैलीलाई यथार्थ ढङ्गले उतारिएको छ। चलचित्रले विशेषगरी युवा पुस्तालाई आफ्नो मौलिक भाषा र संस्कृतिप्रतिको गर्व जगाउने उद्देश्य लिएको निर्माण पक्षको भनाइ छ।

अब चलचित्र ‘ङोल्स्यो रामरानी’ काठमाडौँका दर्शकका लागि २०८२ कार्तिक २९ गते शनिबार, दिउँसो १:३० बजे, इन्फिनिटी मुभिज, काठमाडौँमा प्रदर्शन हुँदैछ।

निर्माण पक्षले राजधानीमा बसोबास गर्ने गुरुङ समुदायका साथै सबै नेपाली दर्शकलाई चलचित्र हेरी गुरुङ कला र संस्कृतिको समर्थन गर्न आग्रह गरेको छ। चलचित्रको विशेष शोमा कलाकार, निर्माता, सञ्चारकर्मी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्पर्क:
राम प्रसाद गुरुङ – ९८१७१७३३९९

यो चलचित्रले गुरुङ भाषाको गौरवलाई अझ उच्च स्तरमा पुर्‍याउने र नेपाली बहुभाषिक सिनेमामा नयाँ प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया