कुनै समय एकपछि अर्को सुपरहिट गीत दिँदै नेपाली संगीत जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक आशु लामा निकै समयसम्म सांगीतिक गतिविधिबाट टाढा भएका थिए। सर्वाधिक सफल गीत दिएर रातारात चर्चामा आएका यी गायक अचानक हराएपछि उनका गीतप्रेमीहरू बीच ठूलो प्रश्न उठेको थियो। तर, अहिले आशु लामा पुनः कमब्याक गर्दै नेपाली संगीत क्षेत्रमा धमाकेदार उपस्थित भएका छन्।

‘रिमै’ बाट पुनः उदाएको नाम

आशु लामाको आवाजले सजिएको ‘रिमै’ चलचित्रको गीत ‘लाहुरे म त आइहाल्छु, पेन्सन जिन्दगीमा के लिन्छौ टेन्सन’ सार्बजनिक भए लगत्तै सुपरहिट बन्यो। यो गीतले उनलाई फेरि एकपटक नेपाली श्रोता–दर्शकमाझ स्थापित गरिदियो। गीत चर्चामा आएपछि श्रोताहरूले प्रतिक्रिया दिँदै भनेका छन् — “आवाज भनेको यस्तो हुनुपर्छ, आशु लामा जस्तो कलाकार नेपाली संगीत क्षेत्रमा खाँचो छ।

RAJI BHAYE || Anshu Lama/Melina Rai || Anand Gurung/Renu Thapa Tamang || New Kauda Song 2025

नयाँ गीत ‘राजी भए’ सार्वजनिक

हालै आशु लामाले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत नयाँ गीत ‘राजी भए’ सार्वजनिक गरेका छन्। गीतमा आशु लामा र चर्चित गायिका मेलिना राईको युगल आवाज सुन्न सकिन्छ।संगीत / एरेन्ज : शिवा कानुजे मगर,शब्द : शिवा कानुजे मगर, गणेशमान घले,निर्देशन / कोरियोग्राफी : पर्सन गुरुङ,छायांकन : दुर्गा पौडेल,सम्पादन : नविन घर्ती मगर

गीतको भिडियोमा आनन्द गुरुङरेनु थापा तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। छोटो समयमा नै यो गीतले युट्युब तथा सामाजिक सञ्जालमा उल्लेख्य चर्चा बटुलिरहेको छ।आशु लामाले चलचित्र संगीतमा यात्रा गर्दा गुरुङ चलचित्र ‘नैनाषा’ बाट सुरु गर्दै  सो चलचित्रको गीतले उनलाई श्रोतामाझ चिनायो भने, ‘बरपाकी माया’ हुँदै उनी नेपाली सांगीतिक क्षेत्रमा अगाडि बढे। तर, उनको सर्वाधिक चर्चित गीत भने ‘ए सुनी ए सुनी हो’ रह्यो, जसले उनलाई एक स्थापित र कुशल गायकको रूपमा उभ्याइदियो।तर, यतिबेला सबैभन्दा ठूलो प्रश्न के थियो भने—गीतहरू हिट भइरहँदा आशु लामा अचानक किन हराए? यो रहस्य उनले खुलाएका छैनन्, तर उनको पुनरागमनलाई श्रोताहरूले नयाँ जीवन लिएको सरह स्वागत गरिरहेका छन्।

No photo description available.

श्रोतालाई आशा

‘रिमै’ को सफलतापछि आएको ‘राजी भए’ ले आशु लामाको सांगीतिक पुनरागमनलाई अझ मजबुत बनाएको छ। श्रोता–दर्शकले आशु लामा अब निरन्तर गीत–संगीतमा सक्रिय हुने विश्वास व्यक्त गरिरहेका छन्।

तपाईको प्रतिक्रिया