काठमाडौं ।नेपाली चलचित्र ‘अभिमन्यु च्याप्टर १’ आगामी भदौ २७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ भने यसको हिन्दी संस्करण असोज ६ गतेदेखि भारतसहित अन्य मुलुकमा रिलिज हुने तयारी भइरहेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा मुकेश खनालले लेखेका हुन्। अपराध, रहस्य र मानवीय संवेदनालाई एकसाथ प्रस्तुत गर्ने दाबी गरिएको यो फिल्ममा अभिनेता कामेश्वर चौरासियाको दमदार अभिनय देख्न सकिने अपेक्षा गरिएको छ।तर, फिल्म प्रदर्शनको तयारीसँगै प्रचार–प्रसारमा भने गम्भीर प्रश्न उठेको छ। चलचित्र निर्माण पक्षले विभिन्न मिडियाहरुलाई विज्ञापन उपलब्ध गराई प्रचार प्रसारको अनुमति दिएको भए पनि नमस्ते अनलाईन टिभीका संचालक तथा तमू पत्रकार अनिल गुरुङ्गलाई भने यस्तो अनुमति दिइएन। दशकौँदेखि चलचित्र पत्रकारितामा सक्रिय गुरुङ्गलाई पाखा लगाउने व्यवहार देखाइएको भन्दै आलोचना हुन थालेको छ।

मिडियामा काख–पाख ?
फिल्म ‘अभिमन्यु च्याप्टर १’ को प्रचारमा अन्य मिडियाहरुलाई प्राथमिकता दिइए पनि एक जना जनजाती पत्रकारलाई बेवास्ता गर्नुले चलचित्र पत्रकारितामै विभेद भएको देखाएको धेरैको बुझाइ छ। गुरुङ्ग विगत १० वर्षदेखि नेपाली कलाकारिता र चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। तर, उनको योगदानलाई उपेक्षा गरी विज्ञापन नदिनु, प्रचारप्रसारमा रोक लगाउनु नैतिक दृष्टिले गलत भएको आवाज मिडिया वृत्तमै उठ्न थालेको छ।
के अब जनजाती पत्रकारले राम्रो चलचित्रको प्रचार प्रसार गर्ने अधिकार पाउँदैनन् ? मिडियालाई काख र पाखा गर्ने अभ्यास कहिलेसम्म ? सारा संसारभर छरिएका जनजाती, मंगोलियन दर्शकलाई फिल्म नहेउन् भन्ने मानसिकता किन ?
निर्माता–निर्देशकको ध्यानाकर्षण
चलचित्र निर्माण पक्षले विभेदपूर्ण व्यवहार नगरी सबै मिडियालाई समान अवसर दिनुपर्ने माग पत्रकारहरुमाझ बढिरहेको छ। चलचित्र पत्रकारिता एउटा पुल हो, जसले फिल्म र दर्शकबीच सम्बन्ध गाँस्छ। यही पुललाई दुर्बल बनाउन सक्ने यस्तो राजनीति






















