नायिकाहरुलाई रुने रोग लागेको हो कि साँचिकै चलचित्रको कथाले छोएको हो ? कि यो चलचित्र चलाउने प्रचार–प्रसारको फण्डा मात्र हो ?यसैबीच, चलचित्र ‘जनै हराएको मान्छे’ को बुधबार राजधानीको वान सिनेमाजमा भव्य प्रीमियर शो सम्पन्न भएको छ। प्रीमियरमा कलाकार, पत्रकार, निर्देशक तथा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।चलचित्र आउँदो भदौ ६ गतेदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने पक्का भएको छ। एक साधारण युवकको विदेश जाने सपना, त्यसका लागि उसले गर्नुपर्ने संघर्ष र सम्बन्धमा आउने उतारचढावलाई यसले मार्मिक ढंगले प्रस्तुत गरेको छ।चलचित्र ‘जनै हराएको मान्छे’ काे सेन्सर पास

फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, साथै गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। ‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर चलचित्रपछि विजय बराल मुख्य भूमिकामा आएका यो पहिलो फिल्म हो, जसले दर्शकको ठूलो चासो पाएको छ।कथामा, पुरोहित पृष्ठभूमिका बाबुको इच्छाविपरीत कोरिया जाने सपना बोकेर गाउँबाट काठमाडौं भासिएको एक युवकको यात्रा देखाइएको छ। राजधानीमा नयाँ प्रेमको उदय, कठोर जीवनयात्रा र गाउँमै छोडेर आएकी दिदीसँगको भावनात्मक सम्बन्धले कथालाई थप स्पर्शिला बनाएको छ।प्रीमियरमा उपस्थित कतिपय नायिकाहरु भावविह्वल भएर आँसु झारेका दृश्यहरू देखिए। कतिपयले यसलाई चलचित्रको शक्तिशाली कथावस्तुको प्रभाव भने, भने कतिपयले प्रचारकै लागि गरिएको प्रस्तुति हो कि भन्ने प्रश्न उठाइरहेका छन्। जे भए पनि, चलचित्रले दर्शकमाझ बलियो छाप छोड्ने संकेत प्रीमियरमै देखाएको छ।यता, ‘जनै हराएको मान्छे’सँगै सोही दिनदेखि ‘माग्ने राजा’ र ‘ताराहरु’ नामक चलचित्र पनि प्रदर्शनमा आउँदै छन्। यसरी एउटै दिन तीन–तीन चलचित्र रिलिज हुँदा बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया