पाली चलचित्र क्षेत्रका दर्शकहरूले उत्सुकतापूर्वक पर्खिरहेको बहुप्रतिक्षित फिल्म ‘माइतीघर’ आगामी दशैंको फूलपाती (असोज १३ गते) देखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण यतिबेला फिल्मको टाइटल गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो’ सार्वजनिक गर्ने तयारीमा व्यस्त छ, जसले फिल्मको वातावरणलाई अझ रोमान्चक बनाउने अपेक्षा गरिएको छ ।निर्माता रोहित अधिकारीका अनुसार उक्त गीत अर्को हप्ताको शुक्रबारसम्म सार्वजनिक गरिनेछ । गीत छायांकनमा मात्रै करिब १० दिन खर्चिएको र त्यस क्रममा मोटो रकम खर्चिएको उनले बताए । गीतलाई चर्चित नृत्य निर्देशक कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन् । पुरानो लोकप्रिय गीतमा बनेको भिडियोको झल्को दिनेगरी नेपालको रमणीय स्थानमा छायांकन गरिएको यस टाइटल गीतले दर्शकमाझ छुट्टै आकर्षण पैदा गर्ने विश्वास लिइएको छ ।No photo description available.

फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । यसको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकले तयार पारेका हुन् । फिल्मलाई मिलन तामाङले निर्देशन गरेका छन् । यसमा रविन शेरचनधिरज तामाङको संयुक्त लगानी रहेको छ ।फिल्मको छायांकनमा सुशन प्रजापति, सम्पादनमा सुरेन्द्र पौडेल, गीतमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरल, संगीतमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्व. जयदेव, र एक्सन निर्देशनमा अष्ट महर्जनको साथ रहेको छ । यसरी प्राविधिक पक्षमा अनुभवी कलाकारहरूको सहभागिता भएकाले फिल्मको स्तर उच्च हुने अपेक्षा गरिएको छ ।May be an image of 4 people and text that says 'रोहिल जध्कारी फिर्मस प्रा.ति. को सविजय च्ौथो ਮेट दशें माइतीघर घर શ८ Bote शिदेदাय यंधार दिवज् पक मटुकন मिहल तामाऊ इस्पर 67 फूलपारती सविन सपवा तमক प्रदर्शन मिति असोज असोज1३।29 १३ SEPT 29'


फिल्ममा दर्शकले प्रिय मानिरहेका कलाकारहरूलाई एकैसाथ देख्न पाउनेछन् । केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत कलाकारहरूले फिल्ममा अभिनय गरेका छन् ।‘माइतीघर’को मूल कथा तामाङ समुदायको संस्कृतिमा आधारित रहेको छ । संस्कृतिको सुन्दर झल्को, सामाजिक कथा र समकालीन भावनात्मक प्रस्तुतीकरणले यस फिल्मलाई विशेष बनाएको निर्माण पक्षले जनाएको छ ।निर्माण यतिबेलासम्म फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको भन्दै निर्माता अधिकारीले ‘माइतीघर’ दशैंको उपहारको रूपमा दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरेका छन् । दमदार कलाकारहरूको अभिनय, आकर्षक गीत–संगीत, बलियो कथा र उत्कृष्ट छायांकनसहितको प्रस्तुतिका कारण ‘माइतीघर’लाई यस वर्षको चर्चित र सफल फिल्मका रूपमा हेर्ने अपेक्षा गरिएको छ ।May be an image of ‎4 people and ‎text that says '‎रोहित अधिकारी फिल्मस प्रा.लि. को सबिनय चौथो भेट प्रदर्शन मिति असोज १३ SEPT 29 दशें શ०વશ पूलपाती माझतीघर निर्माता निर्देशक कार्यकारी निर्माता रविन शेरचन, धिरज तामाड मिलन तामाड़ ईश्वर श्रेष्ठ, निरज कटुवाल מלליה CITYSDuare CITY ー रंचरारन्च‎'‎‎

तपाईको प्रतिक्रिया