दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ।गीतमा समीक्षा अधिकारीप्रकाश सपुतको मधुर स्वरले जादु भरेको छ भने भिडियोमा स्वस्तिमा खड्का र प्रकाश सपुतको जोडीले रोमान्टिक शैलीमा मन छोएको अभिनय प्रस्तुत गरेका छन्। भाकामा मौलिक लोक–धुनको स्वाद पाइने यो गीत सबै नेपाली दर्शक–श्रोताको मुखमा झुन्डिने विश्वास टिमले व्यक्त गरेको छ।गीतलाई प्रकाश सपुतले शब्द, संगीत र गायनमार्फत जीवन्त बनाएका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज, मिक्स र मास्टरिङ गरेका छन्। भिडियोको कोरियोग्राफी मौसाम हिमालीले गरेका हुन् भने छायांकनमा पवन सुस्लिङले कलात्मकता भरेका छन्।BELA BITESI | MOVIE SONG “HARI BAHADUR KO JUTTA” | Swastima Khadka, Prakash Saput | Hari B. Acharya

फिल्म प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचार–प्रसारलाई पनि तीव्र बनाएको छ। राजधानीका मुख्य स्थान, मेन हाइवे र भीडभाड हुने सार्वजनिक स्थलहरूमा फिल्मका आकर्षक पोस्टर टाँसिएका छन्। यसले दर्शकमाझ उत्सुकता झनै बढाइदिएको छ।दिपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतका चर्चित कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ।फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादनमा नकुल खड्काको योगदान रहेको छ। संगीत पक्षमा बसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतका सिर्जनाहरू समावेश छन्। यसअघि नै सार्वजनिक गीतहरूमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईका सुमधुर स्वर सुन्न पाइने बताइएको छ।एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओलीमोहितवंश आचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन्। लोकप्रिय पात्र, अनुभवी कलाकार र सशक्त प्राविधिक टोलीको संयोजनमा बनेको ‘हरिबहादुरको जुत्ता’ले यस दशैंलाई अझै रंगीन बनाउने अपेक्षा गरिएको छ।टेलिभिजनमार्फत दर्शकको मन जितिसकेको ‘हरिबहादुर’ पात्र अब ठूलो पर्दामा कसरी प्रस्तुत हुनेछ भन्ने उत्सुकता उच्च छ। प्रचार–प्रसारको वर्तमान गतिलाई हेर्दा, फिल्मले प्रदर्शनअघि नै व्यापक चर्चा पाउने निश्चित देखिन्छ।

तपाईको प्रतिक्रिया