हरितालिका तीजको उल्लासले नेपाली कलाकार समुदायलाई झ्याप्पै छोपिएको छ । यसै अवसरलाई विशेष बनाउँदै, कलाकारहरूले शुभकामना सहित आफ्ना सिर्जनाहरू दर्शक तथा स्रोतामाझ उपहारस्वरूप प्रस्तुत गर्दै आएका छन् । यही क्रमको एउटा विशेष उपहारका रूपमा लोकप्रिय गायक खुमन अधिकारीले तीज गीत ‘सम्पत्ति कमाउन’ सार्वजनिक गरेका छन् भने तीज गीत गाउने कलाकार मध्ये सधैं अग्रस्थानमा रहने गायक खुमनअधिकारीले यसपटक पनि आफ्ना श्रोता–दर्शकलाई भाका र भावनाको अद्वितीय संगम सुनाएका छन्।![Ma Kale Kale Chhu [Sampati Kamauna] - Khuman Adhikari | Samjhana | Shanta Rani| Shyamkala| Teej Song](https://external.fktm3-1.fna.fbcdn.net/emg1/v/t13/15053312175489989461?url=https%3A%2F%2Fi.ytimg.com%2Fvi%2FWdAe9m966TM%2Fmaxresdefault.jpg&fb_obo=1&utld=ytimg.com&stp=c0.5000x0.5000f_dst-jpg_flffffff_p500x261_q75_tt6&_nc_gid=KxsCKntNBRpwYXqTawHoIQ&_nc_oc=AdkcH17VX1cPEFX4BBLRRHXqLviP7LNcHny0M6dPjhkct2cR0AbSlBK0gKkDudghAlQ&ccb=13-1&oh=06_Q3-2AcQvg3MtqBlUVxAYt3HqVf_bBc5vDglWVlFVW5icCebR&oe=689E9490&_nc_sid=852c2c)
टिकटकमा मात्र यस गीतबाट हालसम्म करिब ६० देखि ७० हजार भिडियो निर्माण भइसकेका छन्। गीतका मध्यभागका म्युजिकदेखि लिएर प्रत्येक अन्तरासम्म र थेगोहरू समेत टिकटक सामग्रीमा प्रयोग भैरहेका छन्।खुमन अधिकारी, सम्झना भण्डारी, सन्ता रानी परियार र श्यामकला भण्डारी—को संयुक्त प्रस्तुति भएकाले गीतमा आवाजको विविधता र मिठास थपिएको छ। चर्चित गीतकार विष्णु न्यौपानेको शब्द, खुमन अधिकारीको संगीत र बिनोद बजुरालीको संगीत संयोजनले गीतलाई पूर्णता दिएको छ। शब्दमा प्रेम, माया र सामाजिक यथार्थको सशक्त अभिव्यक्ति छ भने लय, धुन र स्वरको सन्तुलनले यसलाई बारम्बार सुन्न मन लाग्ने बनाएको छ। संगीतप्रेमीहरूको दृष्टिमा, ‘सम्पत्ति कमाउन’ केवल एक गीत मात्र नभई कलाकारको जीवन संघर्ष, सिर्जनशीलता र यथार्थको प्रतिविम्ब हो। अब सबैको ध्यान यसतर्फ केन्द्रित छ—के यो गीत युट्युबमा पनि भ्युजको आधारमा शीर्ष स्थानमा पुग्नेछ कि छैन।कोरियोग्राफर तथा निर्देशन शेखर घर्ती मगर,छायांकन करण छैंसिर तथा टिम,भिडियोमा,खुमन अधिकारी,शेखर घर्ती मगर,अस्मिता रानपाल रहेको छ। ![Ma Kale Kale Chhu [Sampati Kamauna] - Khuman Adhikari | Samjhana | Shanta Rani| Shyamkala| Teej Song](https://external.fktm3-1.fna.fbcdn.net/emg1/v/t13/15053312175489989461?url=https%3A%2F%2Fi.ytimg.com%2Fvi%2FWdAe9m966TM%2Fmaxresdefault.jpg&fb_obo=1&utld=ytimg.com&stp=c0.5000x0.5000f_dst-jpg_flffffff_p500x261_q75_tt6&_nc_gid=KxsCKntNBRpwYXqTawHoIQ&_nc_oc=AdkcH17VX1cPEFX4BBLRRHXqLviP7LNcHny0M6dPjhkct2cR0AbSlBK0gKkDudghAlQ&ccb=13-1&oh=06_Q3-2AcQvg3MtqBlUVxAYt3HqVf_bBc5vDglWVlFVW5icCebR&oe=689E9490&_nc_sid=852c2c)






















