नेपाली संगीतको यात्रामा दशकौँदेखि आफ्नो आवाज र कलममार्फत निरन्तर योगदान दिँदै आएकी गायिका सारिका घिमिरेले आफ्नो नयाँ गीत ‘मैना चरी’ सार्वजनिक गरेकी छिन्। ‘गुन भुल्यौ पित्तलको’ जस्तो चर्चित र सर्वाधिक रुचाइएका गीतको सफलता पछि सार्वजनिक भएको यस नयाँ सिर्जनाप्रति सारिका निकै आशावादी देखिन्छिन्शुक्रबार, आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैना चरी’मा शब्द स्वयम् सारिकाले लेखेकी छिन्। संगीत तथा कम्पोज भने प्रतिभाशाली संगीतकार योगेश काजीले गरेका हुन्। मधुर धुन र भावपूर्ण शब्दसहित प्रस्तुत गरिएको गीतमा जीवनका भावनात्मक पाटाहरूलाई सरल तर हृदयस्पर्शी शैलीमा उतारिएको छ।
गीतको भिडियो सुप्रसिद्ध निर्देशक गम्भीर विष्टले निर्देशन गरेका हुन्। भिडियोमा सारिका स्वयंले अभिनय गरेकी छिन्, जसले गीतमा रहेको भावलाई अझ सजीव रूपमा प्रस्तुत गरेको छ। लोकेशन, दृश्य संयोजन र भावनात्मक अभिनयले भिडियोको प्रस्तुति सशक्त बनाएको छ।सारिकाको अघिल्लो गीत ‘गुन भुल्यौ’ले श्रोतामाझ अपार लोकप्रियता हासिल गर्दै उनलाई नयाँ पहिचान मात्र दिएन, बरु लामो संघर्षपश्चात सफलताको स्वाद पनि चखायो। दशकौँदेखि गायनमा सक्रिय रहँदै आएकी सारिकाले यसअघि पनि दर्जनौँ गीतहरूमा आफ्नो स्वरको जादू देखाइसकेकी छिन्। ‘गुन भुल्यौ’को लोकप्रियताले उनलाई संगीत यात्रामा नयाँ ऊर्जा दिएको र यही उत्साहका साथ ‘मैना चरी’ प्रस्तुत गरिएको उनले बताएकी छिन्।
सारिका भन्छिन् — “मैना चरी मेरो मनको धेरै नजिकको गीत हो। यसमा मैले आफ्नै भावनालाई शब्दमा उतारेकी छु। ‘गुन भुल्यौ’ले पाएको माया र समर्थन ‘मैना चरी’ले पनि पाओस् भन्ने मेरो अपेक्षा छ।”गीतको शब्द, संगीत र भिडियोको संयोजनले ‘मैना चरी’लाई श्रोतालाई मन छुने सिर्जना बनाएको छ। यो गीतले पनि सारिकालाई नेपाली संगीत क्षेत्रमै अझ मजबुत स्थान दिलाउने विश्वास गरिन्छ।
🎵 ‘मैना चरी’ सुन्न र हेर्नका लागि — [अफिसियल भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्






















