आगामी भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रिमै’ अहिले चौतर्फी चर्चामा छ। प्रचार–प्रसारको लहरमा गुरुङ (तमु) समाज पनि सक्रिय रूपमा जुर्मुराएको छ। आफ्नै समाज र संस्कृति झल्काउने कथावस्तु भएकाले यस फिल्मप्रति समुदायको उत्साह विशेष देखिएको छ।गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको ‘रिमै’ मा नेपाली समाजको यथार्थ, संस्कृति र भावनात्मक कथा समेटिएको बताइन्छMay be an image of 2 people and text that says 'Gorkha ROTEPING GORKHA SIRANCHOK LIGLIGKOT FILMS IRKHASIRANCHOK&LGUGKOTFLNSPITLID VT LTD ASSOCIATION NITH ROTEPING ENTERTAINMENT PRESENTS शिमे LBAHADURGURUNG IE BAHADUR GURUNG WRITTEN DIRECTED UPENDRA SUBBA KHIL IN CINEMAS भाद्र २० SEPT 5'

फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीबी गुरुङ, टेक गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। साथै, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर पनि प्रमुख भूमिकामा देखिनेछन्।May be an image of 7 people and textफिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकनको जिम्मेवारी शैलेन्द्र ध्वज कार्कीले सम्हालेका छन्। कार्यकारी निर्माता वीरबल घले रहेका फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताको भूमिकामा छन्। साथै, बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता हुन्।संगीतमा दीपक शर्मा र थानेश्वर गौतमको संयोजन सुन्न सकिनेछ भने सम्पादन मित्र डी गुरुङले गरेका छन्।‘रिमै’ प्रदर्शन मितिको नजिकिँदै जाँदा यसको प्रचार–प्रसारमा सामाजिक संघ–संस्थाहरूको जोडबल देखिएको छ। विशेषगरी गुरुङ समुदायभित्र यसलाई आफ्नो संस्कृति र पहिचानको अभिव्यक्ति मानिँदै समर्थनको माहोल बनेको छ।

तपाईको प्रतिक्रिया