निर्माता रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा रामशरण पाठकको रहेको चलचित्र माइतीघर’ असोज १३ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई आगामी दशैंको फूलपातीमा प्रदर्शन गर्ने घोषणा गरेको हो । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई मिलन तामाङले निर्देशन गरेका हुन् । फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ ।

May be an image of 3 people and text that says 'दर શ०શ फूलपाती माइती इतीघर घर निर्माता निर्देशक कार्यकारी निर्माता रविन शेरचन, धिरज तामाऊ मिलन तामाऊ शवर श्रेष्ठ, निरज कटुवाल प्रदर्शन मिति असोज १३ SEPT 29'

फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतको अभिनय छ । फिल्ममा तामाङ संस्कृतिको कथा समावेश छ ।

तपाईको प्रतिक्रिया