शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण गरेको बताए ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।

तपाईको प्रतिक्रिया