नायक तथा निर्देशक प्रितम गुरुङ आफ्नो ५० औं फिल्म ‘मुख्या’ लिएर बेलायत आउने भएका छन् । चलचित्र प्रिमियर र प्रदर्शनका लागि तमुधीं यूकेको निमन्त्रणामा नायक गुरुङ बेलायत आउन लागेका हुन् । स्रोतका अनुसार उनको भिसा लागिसकेको छ तर कुन दिन आउने भन्ने यकिन भइसकेको छैन ।

गुरुङ चलचित्र मुख्या आगामी ११ जुलाईमा अल्डरसट, १३ जुलाई रिडिङ र १९ जुलाईमा स्कटल्यान् मा प्रिमियर हुँदैछ । मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो ।प्रितम गुरुङको लेखन, निर्माण, निर्देशनमा बनेको फिल् मा टिकाराम घले, बिस्नु गुरुङ , रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीतमा पबित्र गुरुङ, दीपक गुरुङको स्वर रहेको छ ।
प्रितमको फिल्मी बेलायत यात्रा, यो तेस्रो पटक हो । नुमा फिल्म (२०२२), रिपा फिल्म (२०२३) र अहिले मुख्या (२०२५ )।समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङको आयोजना, चारघरे आमा समूहको सहयोगमा मुख्या फिल्म प्रदर्शन हुनेछ ।प्रितम पहिलो पटक २०२२ को अन्त्यमा नुमा फिल्म प्रदर्शनका लागि बेलायत आएका थिए ।

तपाईको प्रतिक्रिया