सरकारले आइतबार काठमाडौं उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिएका छन् । हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ ।
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा






















