काठमाडौं, — वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली समाजमा व्याप्त पीडा, बाध्यता र आशालाई संगीतको माध्यमबाट उजागर गर्ने उद्देश्यले लोक गीत “खाडी छिर्ने हो” सार्वजनिक गरिएको छ। गीतले खाडी मुलुकतर्फ रोजगारीको खोजीमा जाने लाखौं नेपाली युवाको कथा बोल्छ। गीतमा मुख्य स्वर कलाकार आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको रहेको छ। यस गीतको रचना, संगीत तथा गायन आफैँ आश्रम गुरुङले गरेका हुन्, जसले गीतलाई आत्मीय र वास्तविक बनाएको छ। संगीत संयोजन सुनिल परियारले गरेका छन् भने अडियो मिक्सिङ बिनोद परियारको रहेको छ।


लमजुङ जिल्ला दुधपोखरी गाउँ पालिका वडा नम्बर ६डाडाथोक बाबा धन बहादुर गुरुङ र आमा उखु माया गुरुङको जेठो छोराको रुपमा जन्मिएका गायक आश्रम गुरुङ नेपाली चलचित्र तथा गुरुङ चलचित्र गुल्मेली दाईमा अभिनय संगै / शब्द / संगीत / आवाज दिई सकेको छन भने नेपाली कथानक चलचित्र कप्टी लगायत सालैजो, कौडा, दोहोरी, आधुनिक गीत शब्द/ संगीत/ आवाज दिई आफ्नो छुट्टै पहिचान बनाउन सफल भई सकेका छन् तेती मात्र होइन
२०६५ तमु ल्होसार मा उत्कृष्ट लोक दोहोरी गायक बाट पुरस्कृत भई बिभिन्न लाईभ दोहोरी प्रतियोगितामा प्रथम / दृतिय / तृतीय पुरस्कार
साङितिक बिदेश भ्रमण ओमन / ताईवान् / ईन्डिया / हल यु के दोस्रो पटक
आश्रम गुरुङ उपस्थीति भएका छन् बिगत १० /१५ बर्ष देखि यो क्षेत्रमा निरन्तर लागेको देश को हालत अबस्था देखेर खाडी छिर्ने तयारी गीत भखरै मात्र सार्बजनिक गरेका छन्।
गीतको ध्वनिमा नेपाली मौलिक बाजाहरूको समावेशले अझ गहिरो प्रभाव पारेको छ। बाँसुरी र सारंगीको मार्मिक धुन क्रमशः रत्न बिके र हेमन्त कान्छा रसाइलीले प्रस्तुत गरेका छन्। गिटार सरोज विष्टले सम्हालेका छन् भने ढोलक, तबला र माडल जस्ता परम्परागत बाजाहरू भुवन गण्डर्ब र पोशन घर्ती मगरले बजायका छन् गीतको अडियो ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो। स्टुडियोका रेकर्डिस्टहरूमा रमेश खड्का र रोजित महर्जन रहेका छन्।दृश्य सम्पादन र निर्देशन अर्जुन महर्जनले गरेका छन्। क्यामेरा अनुज काजीले सम्हालेका छन्। गीतमा आश्रम गुरुङ, रुपी सिङ्जाली मगर, किरण गुरुङ, विजय परियार, कालिदास स्वर्णकार, बलराम ओली र राजन गुरुङको सशक्त अभिनय देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया