मन्त्री खड्काले बेला बखत विद्युत विच्छेद हुने अवस्था आज मात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताए। गत वर्षमा पनि वर्षमा ७ सय घन्टासम्म यसरी विभिन्न पटक विद्युत गएको उनको दाबी थियो।
‘यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौं। आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १५० मेगावाट निर्यात गरेका छौं। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो,’ उनले भने।






















