नायिका दिब्या रायमाझीको बारेमा जन्नुहोस माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिब्या रायमाझी अनुबन्धित भएकी छन् । निर्मातासँग उनको औपचारिक सम्झौता भएको छ । साइन गरेपछि उनले अनलाइनखबरसँग भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्‍यो । यसले गर्दा, काम गर्न तयार भएकी हुँ ।’फिल्ममा यसअघि अभिनेता सुशील श्रेष्ठ र विराज भट्ट अनुबन्धित छन् । दुईजना सिनियर कलाकारसँग काम गर्ने अवसर पाएकोमा आफू उत्साहित रहेको उनको भनाइ छ ।

छायांकन साउनदेखि सुरु गर्ने तयारी छ । माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा चन्दकै पटकथा छ । उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन् ।डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन हुनेछ ।

केही कलाकार फाइनल गरेर वर्कसप थाल्ने तयारी छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ । ‘एक्टर : टेक वन’बाट रजतपटमा डेब्यु गरेकी दिब्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो ।

तपाईको प्रतिक्रिया