काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सार्वजनिक भएको नयाँ गीत ‘Gussa Kina’ (गुस्सा किन) ले मनोरञ्जनका साथै आम नेपाली घरपरिवारको वास्तविक दैनिकीलाई सांगीतिक कथामार्फत प्रस्तुत गर्दै दर्शकको मन जितिरहेको छ। श्रीमान्–श्रीमतीबीच हुने सामान्य रिसराग, गुनासो, शंका र त्यसपछिको आत्मीय प्रेमलाई हास्यरससहित प्रस्तुत गरिएको यस गीतको भिडिओ यतिबेला चर्चाको केन्द्रमा छ।झोकलाई मुख्य कथावस्तु बनाइएको छ। पार्टीबाट घर फर्किँदा श्रीमान् रिसाउनु र श्रीमतीले त्यसको कारण बुझ्दै फकाउने प्रयास गर्नु गीतको मुख्य मर्म हो। ‘गुस्सा किन बाबा? प्यारा गुस्सा किन?’ जस्ता सरल र बोलिचालीका मिठासपूर्ण शब्दहरूले गीतलाई झनै सहज र गुनगुनाउन योग्य बनाएका छन्। पार्टीमा जानुअघिको तयारी, ढिलो गरी घर फर्किनु, श्रीमान्को बदलिएको मुड र त्यसपछि सुरु हुने मीठो सवाल-जवाफले दर्शकलाई आफ्नै घरको कथाजस्तो अनुभूति दिलाउँछ।

गीतलाई श्रव्य रूपमा असाध्यै प्रभावकारी र स्वादिलो बनाउन गायक हरि गिरी विमर्शी र चर्चित गायिका प्रीति आलेको स्वरले महत्वपूर्ण भूमिका खेलेको छ। हरि गिरी विमर्शीले गीतमा स्वर दिनुका साथै शब्द रचना र सङ्गीत सिर्जना पनि आफैँले गरेका हुन्। उनले दैनिक जीवनमा प्रयोग हुने ठेट र व्यावहारिक शब्दहरूलाई सङ्गीतमा ढालेका छन्। अर्कातर्फ, प्रीति आलेको खिरिलो र मखमली स्वरले श्रीमतीको संवादात्मक भावलाई जीवन्त पारेको छ।

घुस्सा किन बाबा ? : रामजी लामिछानेको निर्देशन, टीका जैसी–रमेश विश्वकर्माको जीवन्त अभिनय::Profile Khabar

भिडिओमा लोकप्रिय मोडल टीका जैसी र रमेश विश्वकर्मा श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। टीका जैसीले रिसाएको श्रीमान्को मन पगाल्न खोज्ने, फकाउने र आफ्ना भनाइहरू सहज ढङ्गले राख्ने श्रीमतीको भूमिकामा उत्कृष्ट अभिनय गरेकी छन्। त्यस्तै, रमेश विश्वकर्माले अनुहारको भाव र हाउभाउमार्फत रिसाएको श्रीमान्को असन्तुष्टि र मनोविज्ञानलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। दुवै कलाकारबीचको संवादात्मक अभिनय र स्वाभाविक केमेस्ट्री भिडिओको मुख्य आकर्षण बनेको छ।पारिवारिक सम्बन्धको उतारचढावलाई बोझिलो नबनाई अत्यन्तै मनोरञ्जनात्मक र छोटो फिल्मको शैलीमा प्रस्तुत गर्ने काम निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले गरेका छन्। उनले श्रीमान्–श्रीमतीबीचको संवाद, हाउभाउ र नृत्यलाई कथासँग कुशलतापूर्वक जोडेका छन्।

टिका जैसी र रमेश विश्वकर्माको रोमान्ससहित आयो नयाँ गीत ‘गुस्सा किन’

गीतको प्राविधिक पक्ष पनि उत्तिकै सबल रहेको छ। HBN Kismat ले सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने दुर्गा पौडेलको छायाङ्कन, बान्दे प्रसादको सम्पादन र राजेन्द्र मोक्तानको रङ्ग संयोजन (कलर) ले भिडिओलाई भव्य बनाएको छ। पोस्टर डिजाइन सुभाष डिजाइन हाउसले गरेको हो।सार्वजनिक भएलगत्तै टिकटक, रिल्स र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा गीतका छोटा अंशहरू भाइरल हुन थालेका छन्। दर्शकहरूले यसलाई ‘हरेक घरको वास्तविक कथा’ भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। ठूलो र काल्पनिक कथाभन्दा पनि नेपाली समाजको यथार्थ पस्किएकाले ‘Gussa Kina’ पछिल्लो समयको एक सफल र दर्शकसँग सहजै जोडिने सांगीतिक कोसेली बनेको छ।

तपाईको प्रतिक्रिया