डोटीको बोगटान गाउँपालिका–२ मा जन्मिएर हाल रोजगारीको सिलसिलामा भारतको बेङ्गलुरुमा रहँदै आएका गायक तथा सर्जक कलाकार  गाइने योगेन्द्र विश्वकर्मा र विशाल संगीत सोनिकै संयुक्त प्रयासमा नयाँ तीज गीत ‘मादलु तालैमा’ बजारमा आएको छ। हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको यस गीत तथा भिडियोले नेपाली मौलिक लोकसंस्कृतिलाई उजागर गरेको छ।
https://www.youtube.com/watch?v=z3ensY1PRw8&pp=0gcJCfkLAYcqIYzv
कलाकार गाइने योगेन्द्र विश्वकर्मा, विशाल संगीत सोनी र इब्सल सञ्ज्यालको संयुक्त स्वरमा सजिएको यस गीतका शब्द, थेगो तथा संगीत सिर्जना स्वयं योगेन्द्र विश्वकर्माले गरेका हुन्। विश्वास नेपालको संगीत संयोजन (एरेन्ज) रहेको गीतको मिक्सिङ तथा मास्टरिङ स्टुडियो जोनमा कमल खड्काले गरेका हुन्।
Madalu Talaima Teej Song 2083 By Gaine Yogendra Bishwokarma Bishal Sangit Soni Ibsal sanjyal
दृश्यतर्फ गीतको भिडियोलाई विशाल संगीत सोनी र गाइने योगेन्द्र विश्वकर्माले संयुक्त रूपमा निर्देशन गरेका छन्। भिडियोमा किरण स्नेही, सबु गौतम, सावित्रा भट, आर्य जेनिश, देवा महता र धनबहादुर औडको अभिनय तथा नृत्य हेर्न सकिन्छ। रोहित परियारको कोरियोग्राफी रहेको यस भिडियोलाई कमल बजहाङ्गी खड्काले छायाङ्कन तथा सुजन कोइरालाले सम्पादन र रङ संयोजन गरेका छन्।हालसम्म ६–७ वटा गीतमा आवाज र संगीत दिइसकेका योगेन्द्रको गत वर्ष सार्वजनिक तीज गीत ‘झमझम पानी दर्कियो’ले दर्शक-श्रोताबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो। सोही सफलतापछि यस वर्ष मौलिक तीज भाकामा आधारित ‘मादलु तालैमा’ ल्याइएको निर्माण पक्षले जनाएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, भारत शाखा (बेङ्गलुरु) का अध्यक्ष विशाल संगीत सोनी र वरिष्ठ उपाध्यक्ष सावित्रा भट समेतको सक्रियतामा निर्मित यस गीतले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै संस्कृति र पहिचानसँग जोड्ने विश्वास लिइएको छ। विदेशको व्यस्त दैनिकीका बीच पनि नेपाली कला, भाषा र संस्कृतिको संरक्षणमा निरन्तर लागिपर्ने प्रतिबद्धता सर्जकहरूले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया