नेपाली लोकसंगीत, कला तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। ‘मौलिक माया हाम्रो शान, ठाडो भाका हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको सम्पूर्ण तयारीलाई आयोजकले तीव्र पारेको छ।

कार्यक्रमको संक्षिप्त विवरण

विवरण विवरण सामग्री
प्रतियोगिताको नाम राष्ट्रिय खुला ठाडो भाका प्रतियोगिता २०८३
आयोजक गोरखा पाचकोट तमु समाज, काठमाडौँ
संयोजक सागर गुरुङ
आयोजन मिति २०८३ असोज ८ देखि १० गतेसम्म (तीन दिन)
स्थान काठमाडौँ
मुख्य नारा ‘मौलिक माया हाम्रो शान, ठाडो भाका हाम्रो पहिचान’

मौलिक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा हस्तान्तरण

May be an image of ‎temple and ‎text that says '‎लोक कला, लोक संस्कृति र मौलिक पहिचानको संरक्षण हाम्रो अभियान 'मौलिक माच्ा हाम्मो शान ठाडी भाका हाम्रो पहिचान' राष्ट्रिय खुल्ला ठाडो ठाडोभाका भाका كهیه प्रतियोगिता २०८३ ۵۰ आयोजक:.- गोरखा पाँच कोट तमु समाज काठमाडौं. संयोजक: संयो. जक: सागर गुरुड मिति: असोज 2 देखि 90 गते सम्म स्थान: काठमाडीं ठाडो भाका संस्कृति हामो पहिचान हाम्रोसंस्कृति, हाम्रो संस्कृति, हाम्रा गौरव‎'‎‎

नेपाली लोकसंगीतको ऐतिहासिक एवम् अमूल्य गहनाका रूपमा रहेको ठाडो भाका पछिल्लो समय ओझेलमा पर्दै गएकाले यसको मौलिकता जोगाउन राष्ट्रिय स्तरको प्रतियोगिता फलदायी हुने आयोजकको विश्वास छ।आयोजक समितिका संयोजक सागर गुरुङका अनुसार ठाडो भाका नेपाली लोकसंस्कृतिको अनुपम धरोहर हो। “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको यस भव्य प्रतियोगितामा देशभरका दिग्गज तथा उदीयमान गायक–गायिकाहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताले ठाडो भाकाको सांगीतिक महत्त्व बढाउनुका साथै लोकसंस्कृतिप्रेमी दर्शक तथा श्रोताहरूलाई मौलिक सांगीतिक मनोरञ्जन प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

तपाईको प्रतिक्रिया