काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभाशाली गायिका मञ्जली बस्याल र लोकप्रिय गायक खेम सेन्चुरीको सहकार्यमा नयाँ लोकदोहोरी गीत ‘माइलो नि ढल्यो साइलो नि ढल्यो’ बजारमा आएको छ। गायिका बस्यालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई छोटो समयमै दर्शक तथा श्रोताहरूले उत्साहजनक साथ र प्रतिक्रिया दिइरहेका छन्।

लाइभ दोहोरीदेखि स्टेज प्रस्तुति (स्टेज पर्फर्मर) मा समेत आफ्नो बलियो उपस्थिति जनाउँदै आएकी सुन्दरी गायिका बस्याल र लोक सांगीतिक आकाशका चर्चित गायक खेम सेन्चुरीको मिठासपूर्ण स्वर संयोजनले गीतलाई निकै कर्णप्रिय बनाएको छ। मौलिकपन र आधुनिक स्वादको मिश्रण रहेको यस गीतका शब्द चर्चित सर्जक नेत्र अर्यालले रचना गरेका हुन् भने संगीत तथा हुकलाइन सन्दीप सेन्चुरीले तयार पारेका हुन्। गीतको संगीत संयोजन (एरेन्ज, मिक्सिङ र मास्टरिङ) एचबिएन किस्मतले गरेका हुन् भने कुमार विश्वकर्माले रेकर्डिङ सम्हालेका छन्।

गीतको अडियो जत्तिकै आकर्षक यसको दृश्य निर्माण (भिडियो) पनि बनेको छ। निर्देशक तथा नृत्य निर्देशक मौसम हिमालीले कलात्मक एवम् मौलिक ढाँचामा ढालेको भिडियोमा मोडलहरू प्रभात पाल ठकुरी, कृतिका छिनाल र प्रवेश घटानेको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ। प्रकाश खड्का र उनको टिमले छायाँकन गरेको यस भिडियोलाई राजकुमार मगरले सम्पादन तथा रङ संयोजन (कलर) गरेका हुन्।उत्कृष्ट गायकी, सशक्त लय-शब्द र दृश्य संयोजनका कारण ‘माइलो नि ढल्यो साइलो नि ढल्यो’ सम्पूर्ण लोकदोहोरी पारखी दर्शक तथा श्रोताका लागि एक उत्कृष्ट सांगीतिक कोसेली बनेको छ।

No photo description available.

तपाईको प्रतिक्रिया