काठमाडौं । सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध र जीवनका विभिन्न संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित टेलिसिरियल ‘अन्तिम सत्य’ को पहिलो भाग सार्वजनिक गरिएको छ। निर्देशक तथा सर्जक मनीष श्रेष्ठको नेतृत्वमा तयार गरिएको सिरियलको पहिलो एपिसोड सार्वजनिक भएसँगै दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त हुन थालेको छ। सिरियलको कथा, संगीत तथा गीत रचना स्वयं मनीष श्रेष्ठले गरेका छन्। सिरियलमा समेटिएका दृश्य, संवाद र पात्रहरूको जीवन्त अभिनयले दर्शकको ध्यान आकर्षित गरेको निर्माण पक्षले जनाएको छ।

सार्वजनिक सिरियलमा मनीष श्रेष्ठ, ईश्वर ढुंगाना, दिया राई, ईशानी ढुंगाना, प्रश्न खड्का, प्रवास धन्सार, आश्मा गिरी, आश्मा तामाङ, सरिता थापा, शारदा श्रेष्ठ, विमला भण्डारी, उत्तरा डी. श्रेष्ठ, अम्बिका थापा, सुशील खड्का, बिज्वल थाडा मगर, नूतन अधिकारी तथा ज्ञानबहादुर तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूले आ-आफ्नो भूमिकालाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।सिरियलको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने गीतमा सिम्रन परियार र मनीष श्रेष्ठको स्वर रहेको छ। गीत तथा संगीत सिर्जनाले सिरियललाई थप भावनात्मक र आकर्षक बनाएको दर्शकहरूको प्रतिक्रिया छ।त्यस्तै, मनोज डंगोलले मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन् भने रिजन बडुले साउन्ड डिजाइन गरेका छन्। रेकर्डिस्टको रूपमा किरण थापाले काम गरेका छन्।

प्राविधिक पक्षमा पनि सिरियललाई उच्चस्तरीय बनाउने प्रयास गरिएको छ। रञ्जीता खत्रीको मेकअप, ड्रोन करण भण्डारीको ड्रोन दृश्य, आशिष घिमिरेको लोकेसन साउन्ड तथा पंकज सार्कीको सहायक निर्देशनले सिरियललाई थप सशक्त बनाएको छ। सिरियलको छायांकन, सम्पादन तथा कलरिङ अमन बडुले गरेका हुन् निर्देशक मनीष श्रेष्ठका अनुसार ‘अन्तिम सत्य’ केवल मनोरञ्जनमात्र नभई समाजका विविध यथार्थ र मानवीय संवेदनालाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको हो। आगामी भागहरूमा अझ रोचक कथा, भावनात्मक मोड र समाजसँग जोडिएका विषयवस्तु समेटिने निर्माण टिमले जनाएको छ।पहिलो भाग सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सिरियलबारे चर्चा सुरु भएको छ। दर्शकहरूले कलाकारहरूको अभिनय, कथा प्रस्तुति र निर्माण शैलीको प्रशंसा गर्दै आगामी भागको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया