काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ भावनात्मक गीत ‘आमाको बेदना’ सार्वजनिक गरिएको छ । आमा र सन्तानबीचको अटुट सम्बन्ध, त्याग, माया र पीडालाई समेटिएको उक्त गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन छुने अपेक्षा गरिएको छ ।गीतमा गीता देवी स्वर रहेको छ भने गुरु खुसीला श्रेष्ठले समेत स्वर साथ् दिएकी छिन । गीतका शब्द तथा संगीत पनि गुरु खुसीला श्रेष्ठकै रहेको छ । आमाको जीवनमा लुकेका संघर्ष, पीडा र ममताको भावलाई गीतमार्फत अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीतलाई थप आकर्षक बनाउन विष्णु तामाङले संगीत संयोजन गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतको रेकर्डिङ कार्य शंकरा रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो ।
https://www.youtube.com/watch?v=xzFKQ9aF0oA
म्युजिक भिडियोमा विद्या कार्की, कमला बनियाँ, सुरेश बिष्ट र च्याम्प्स श्रेष्ठको अभिनय देख्न सकिन्छ । कलाकारहरूले आमाको पीडा, परिवारप्रतिको समर्पण र भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
भिडियोको छायांकन, सम्पादन तथा रङ संयोजन विशाल राईले गरेका हुन् । भिडियो निर्देशन पुण्यलाल श्रेष्ठले गरेका छन् भने रिता सिलवालले सहकार्य गरेकी छन् । प्रकाश व्यवस्थापनको जिम्मेवारी आयुष गुरुङले सम्हालेका छन् ।
सार्वजनिक गीत तथा भिडियो ‘गुरु गोरखनाथ एकै परिवार’ युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । निर्माण टिमले गीतले आमाप्रतिको सम्मान, माया र भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
गीतको प्रचार–प्रसारमा सञ्चारकर्मी अनिल गुरुङको मिडिया सपोर्ट रहेको छ । निर्माण पक्षका अनुसार गीतले नेपाली समाजमा आमाको भूमिकालाई सम्मानपूर्वक प्रस्तुत गर्दै सबै पुस्ताका दर्शक तथा स्रोताको मन छुने अपेक्षा गरिएको छ ।
भावनात्मक कथा, सशक्त शब्द, मधुर संगीत र उत्कृष्ट अभिनयका कारण ‘आमाको बेदना’ नेपाली संगीतप्रेमीहरूको रोजाइ बन्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।
May be an image of text

तपाईको प्रतिक्रिया