काठमाडौं । मिथिला संस्कृति, भाषा, पहिचान तथा महिला सशक्तीकरणलाई केन्द्रमा राखेर सौन्दर्य प्रतियोगिता मिस मिथिलानारी नेपाल २०२६ आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालि ले मंगलबार आयोजित प्रेसमिटमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो ।“द ब्युटी अफ मिथिला” नारासहित आयोजना हुन लागेको प्रतियोगिताले मिथिला क्षेत्रको कला, संस्कृति, परम्परा, भाषा र महिलाको क्षमता विकासलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ ।प्रेसमिटमा आयोजक संस्थाका प्रमुख हरिश जायसवाल ले प्रतियोगिताको उद्देश्य, अडिसन प्रक्रिया, कार्यक्रमका विशेषता तथा आगामी योजनाबारे जानकारी दिएका थिए ।उनका अनुसार मिस मिथिलानारी नेपाल २०२६ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई मिथिला क्षेत्रका महिलालाई आत्मनिर्भर, आत्मविश्वासी र नेतृत्वदायी बनाउने अभियान पनि हो ।

...

“यसअघि मिथिला संस्कृति र पहिचानलाई केन्द्रमा राखेर यति ठूलो स्तरको प्रतियोगिता आयोजना भएको थिएन । यो कार्यक्रम मिथिला नारीहरूका लागि अवसर र प्रेरणाको माध्यम बन्ने विश्वास लिएका छौं,” आयोजक जायसवालले बताए ।

प्रतियोगिताका लागि आवेदन फारम खुला गरिसकिएको आयोजकले जनाएको छ । इच्छुक प्रतियोगीहरूले eSewa मार्फत फारम भर्न सक्नेछन् । साथै डिजिटल माध्यमबाट आवेदन दिन नसक्ने सहभागीहरूले अडिसन स्थलमै उपस्थित भएर पनि फारम भर्न सक्ने व्यवस्था गरिएको छ ।आयोजकका अनुसार पहिलो अडिसन यही जेठ १६ गते जनकपुर मा हुनेछ भने त्यसपछि काठमाडौं मा पनि अडिसन आयोजना गरिनेछ ।प्रतियोगितामा केवल मिथिला क्षेत्रका महिला मात्र नभई सम्पूर्ण नेपाली युवतीहरूले सहभागिता जनाउन सक्ने आयोजकले स्पष्ट पारेको छ । मिथिला भाषा र संस्कृतिबारे सामान्य ज्ञान भएका युवतीहरूलाई समेत सहभागी हुन आह्वान गरिएको छ ।आयोजकका अनुसार प्रतियोगिताले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास, सांस्कृतिक चेतना र नेतृत्व क्षमतालाई पनि मूल्यांकन गर्नेछ ।आर्टिष्ट खबर डटकम यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको आयोजकले जनाएको छ ।कार्यक्रमले मिथिला संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै नेपाली समाजमा महिलाको सशक्त भूमिकालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

...

तपाईको प्रतिक्रिया