नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ गीत ‘घरमा माहुरी’ सार्वजनिक भएको छ ।लोकप्रिय गायक मदन ढकाल, लोकप्रिय गायिका शान्तिश्री परियार स्वरमा नया गीत ‘घरमा माहुरी’ सार्वजनिक भए संगै नेपाली लोक संगीत क्षेत्रमा एक पटक फेरी खुशियाली बढेको छ। गायक–सर्जक बद्री सापकोटा को स्वरमा साथ् दिएका छन् भने गीत ‘घरमा माहुरी’ सार्वजनिक भए सँगै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ ।
टिपिकल लोकदोहोरी शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत बद्री सापकोटाकै रहेको छ भने संगीत संयोजन कृष्ण केसीले गरेका छन् । खडक बजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत सागर बजुरालीले रेकर्ड गरेका हुन् । अडियो एडिट राजेन्द्र बजुरालीले गरेका छन् |
T.M Music Production युटुब मार्फत सार्वजनिक गरिएको गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ । भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन् भने सह–कोरियोग्राफरको रूपमा अमर रावल ‘कोसिस’ रहेका छन् । भिडियोमा मदन ढकाल, जुना गुरुङ, सुनिशा बजगाईं तथा बद्री सापकोटा संगै मिन राज पन्थीको अभिनय देख्न सकिन्छ । कलाकारहरूको अभिनय, गाउँले परिवेश र मौलिक प्रस्तुतिले भिडियोलाई थप जीवन्त बनाएको दर्शकहरूको प्रतिक्रिया छ ।दिनेश पराजुली एण्ड टिमको छायांकन रहेको भिडियोको सम्पादन, कलर तथा जीएफएक्स सुजन कोइरालाले गरेका हुन् । पोस्ट–प्रोडक्सनको काम JB Creation ले गरेको हो ।सार्वजनिक भएको छोटो समयमै ‘घरमा माहुरी’ टिकटक, फेसबुक र युट्युबमा चर्चा बटुल्न थालेको छ । नेपाली मौलिकता, लोकभाका र प्रेमभाव समेटिएको गीतले विशेषगरी ग्रामीण परिवेश मन पराउने दर्शकहरूको मन जितिरहेको बताइएको छ ।






















