काठमाडौं । नेपाली समाजमा अझै पनि महिनावारीलाई लाज र अपवित्रताको रूपमा हेरिने परम्परामाथि आधारित डकुमेन्ट्री सर्ट फिल्म ‘लाल सास (RED BREATH)’ सार्वजनिक हुने भएको छ। निर्देशक करण ब्लोनको निर्देशनमा बनेको यस फिल्मले छाउपडी प्रथाका कारण किशोरीहरूले भोग्नुपरेको पीडा, विभेद र मानसिक असरलाई उजागर गर्ने प्रयास गरेको छ।फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले “लाज होइन — यो जीवनको सास हो” भन्ने सन्देश दिएको छ। ग्रामीण परिवेशमा आधारित फिल्ममा एक किशोरीको संघर्षपूर्ण कथा देखाइएको छ, जसले समाजले बनाएको गलत परम्परासँग सामना गर्न बाध्य हुन्छे।

May be an image of text

फिल्ममा मन बहादुर राई निर्माता सह निर्माण राज कुमार सुनुवार रहेका छन् भने निर्माण संस्था Zerim Studio हो।सह-निर्देशनमा अर्जुन नेपाली र सुबोध भण्डारी रहेका छन्। साथै सह छायांकन निरोज बुढाथोकी छायांकनमा रसिला लामा र सम्पादकमा जेनश तामाङले गरेका हुन्। भने कथा जेनिफा लामा र पदकथा रिमा रोक्का क्षेत्री को हुन् । पोस्टरअनुसार फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत Official Selection भइसकेको उल्लेख गरिएको छ।

निर्देशक करण ब्लोनका अनुसार, “यो केवल फिल्म होइन, समाजलाई सोच्न बाध्य बनाउने प्रयास हो। महिनावारी प्राकृतिक प्रक्रिया हो, यसलाई लाजको विषय बनाइनु हुँदैन।”

‘लाल सास’ चाँडै सार्वजनिक हुने निर्माण टिमले जनाएको छ। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्मप्रति दर्शकको चासो बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया