नेपाली गीत–संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ–नयाँ मिठा र सुमधुर गीतहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा सिएम म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत नयाँ गीत ‘तिमी मेरो मुटुको धड्कन’ सार्वजनिक गरिएको छ, जसले छोटो समयमै दर्शक तथा श्रोताहरूको ध्यान खिच्न थालेको छ।यस गीतमा गायिका स्मिता प्रधान र गायक तथा संगीतकार सरोज लामाको सुमधुर आवाज सुन्न सकिन्छ। गीतको शब्द प्रमोद धुंगानाले सिर्जना गरेका हुन् भने संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण जिम्मेवारी सरोज लामाले नै सम्हालेका छन्। गीतको रेकर्डिङ सिएम म्युजिक (CM Music) स्टुडियोमा गरिएको हो।


गीतको भिडियोमा कलाकार प्रभास लामासुस्मिता तामाङको अभिनय देख्न सकिन्छ, जसले गीतको भावलाई जीवन्त बनाएको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी राजीव समरले गरेका छन् भने छायांकन शुभम भुजेलले गरेका हुन्। त्यस्तै सम्पादन र कलर ग्रेडिङ रोशन ढितालले गरेका छन्।प्रेमभावले भरिएको कथा
गीतले प्रेम सम्बन्धको गहिरो भावलाई प्रस्तुत गर्न खोजेको छ। एक प्रेमी–प्रेमिकाबीच माया कसरी गाँसिन्छ, कसरी सम्बन्धलाई जोगाउन र अझ प्रगाढ बनाउन एक अर्कालाई माया गर्नु आवश्यक हुन्छ भन्ने सन्देश गीतमार्फत व्यक्त गरिएको छ। गीतका शब्द र संगीतले प्रेमको मिठासलाई सुन्दर ढंगले प्रस्तुत गरेका कारण श्रोताहरूले यसलाई निकै मन पराइरहेका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। विशेषगरी युवापुस्तामाझ गीतको शब्द, संगीत र भिडियोको केमेस्ट्रीले राम्रो प्रभाव पारेको देखिन्छ। यही कारणले ‘तिमी मेरो मुटुको धड्कन’ अहिले चर्चाको बाटोमा अगाडि बढिरहेको छ।

तपाईको प्रतिक्रिया