राजधानी काठमाडौंस्थित राष्ट्रिय नाचघर मा सोमबार आयोजित विशेष समारोहबीच “मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६” भव्य रूपमा सम्पन्न भएको छ। सौन्दर्यसँगै क्षमता, आत्मविश्वास र सामाजिक चेतनाको सशक्त सन्देश बोकेको उक्त प्रतियोगिता महिलाको बहुआयामिक प्रतिभा उजागर गर्ने प्रभावशाली मञ्चका रूपमा स्थापित भएको आयोजकले जनाएको छ।परम्परागत सौन्दर्य प्रतियोगिताको सीमालाई पार गर्दै कार्यक्रममा सहभागी महिलाहरूको बौद्धिक क्षमता, सामाजिक उत्तरदायित्व, नेतृत्व, कला र व्यक्तित्व विकासलाई एकै मञ्चमा प्रस्तुत गरिएको थियो। प्रतियोगीहरूले र्याम्प वाकसँगै आफ्ना विचार, सपना र समाजप्रतिको जिम्मेवारी समेत प्रभावशाली रूपमा अभिव्यक्त गरेका थिए।

कार्यक्रमलाई गरिमामय बनाउन प्रमुख अतिथि सफल व्यवसायी परु गुरुङ तथा विशेष अतिथि ग्लोबल मोटिभेसनल स्पिकर, ट्रेनर तथा लाइफ कोच बिकाश देव योञ्जन तामाङ को उपस्थिति रहेको थियो। त्यस्तै, कोरियोग्राफी रोजन शाक्य ले सम्हालेका थिए भने डान्स कोरियोग्राफरको भूमिकामा अमिर दोङ रहेका थिए।प्रतियोगितामा सानी (कान्डु) शेर्पाले उत्कृष्ट प्रस्तुति दिँदै मुख्य उपाधि जित्न सफल भइन्। शुष्मा बुढाथोकी फस्ट रनर अप तथा जमुना तामाङ सेकेन्ड रनर अप घोषित भए। अन्य विभिन्न विधागत अवार्डहरूमा इन्दिरा बस्नेत (‘ट्यालेन्ट’ र ‘सिनसियर’), प्रनिता बस्नेत (‘पब्लिक च्वाइस’ र ‘इन्टेलिजेन्ट’) र गुण माया थापा मगर (‘भ्युअर च्वाइस’ र ‘इनोसेन्ट’) सम्मानित भए।फस्ट रनर अप शुष्मा बुढाथोकीले ‘पर्सनालिटी’, ‘लिडरशीप’ र ‘बेस्ट इन गाउन’ अवार्ड समेत जित्दै आफ्नो प्रभावशाली उपस्थिति देखाइन् भने जमुना तामाङ ‘कन्फिडेन्ट’ र ‘डिसिप्लीन’ अवार्डबाट सम्मानित भइन्। अन्य अवार्डतर्फ पूजा आचार्य (‘ब्युटीफुल’), सानी शेर्पा (‘स्मार्ट’) र पार्वती गुरुङ (‘एक्टिभ’) घोषित भए।

कार्यक्रमको सफलतापछि आयोजकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्।आयोजक संस्था मुस्कान ब्युटी सलुन एण्ड एकेडेमी की अध्यक्ष चेसाङ लामा का अनुसार, “यो प्रतियोगिता केवल सौन्दर्यमा सीमित छैन, यो महिलाको सशक्तीकरण, आत्मनिर्भरता र सामाजिक रूपान्तरणको अभियान हो।”समग्रमा, “मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६” ले नेपाली महिलाको बदलिँदो पहिचान, क्षमता र नेतृत्वदायी भूमिकालाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश फैलाएको आयोजकको विश्वास छ।






















