नेपाली गीत–संगीत क्षेत्रसँगै गुरुङ चलचित्र क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका गुरुङ फिल्मका नायक तथा गायक राम प्रसाद गुरुङ र चर्चित गायिका करिश्मा कालिकोटीको आवाजमा नयाँ गीत ‘जुन झैँ चमक’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै चर्चा बटुल्न सफल भइरहेको छ।यस गीतमा स्वर राम प्रसाद गुरुङ र करिश्मा कालिकोटीको रहेको छ भने शब्द तथा संगीत पनि स्वयं राम प्रसाद गुरुङकै रहेको छ।
गीतलाई थप आकर्षक बनाउन पासाङ गुरुङले गीत सहयोग गरेका छन्। संगीत संयोजन कृष्ण केसीले गरेका छन् भने कोरस स्वरमा सागर बजुरेली, पासाङ गुरुङ, रुपी सिंजाली र लक्ष्मी परियारको साथ रहेको छ।भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा बिष्णु गुरुङ, करिश्मा कालिकोटी, सोम बहादुर गुरुङ र नियो गुरुङको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् भने छायांकन सन्देश गुरुङ तथा उनको टिमले गरेका छन्। कोरियोग्राफी तथा निर्देशन एकेन्द्र सराशंकरले सम्हालेका छन्।गीतका कार्यकारी निर्माता स्वयं राम प्रसाद गुरुङ रहेका छन् भने निर्माता टोलीमा बिष्णु गुरुङ (पोखरा), प्रेमा गुरुङ (पोखरा) र अञ्जना गुरुङ (रोमानिया) रहेका छन्। भिडियोमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूमा प्रीतम गुरुङ, सतिश गुरुङ, दिपेश गुरुङ, विवेक गुरुङ, प्रशान्त गुरुङ, सम्झना गुरुङ, अनिता गुरुङ, सीमा गुरुङ, रीमा गुरुङ, ज्योति गुरुङ र मोहिनी तामाङ रहेका छन्।राम प्रसाद गुरुङ नेपाली गीत–संगीत र गुरुङ चलचित्र क्षेत्रमा एक बहुप्रतिभाशाली कलाकारका रूपमा परिचित छन्। उनी केवल एक कुशल गायक मात्र नभई सफल फिल्म निर्माता तथा अभिनेता पनि हुन्। गुरुङ चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गुरुङले पछिल्ला दिनमा प्रस्तुत गरेका सिर्जनाहरूले निरन्तर प्रशंसा बटुल्दै आएका छन्।उनकै आधिकारिक युट्युब च्यानल “राम प्रसाद गुरुङ अफिसियल” मार्फत सार्वजनिक गरिएको ‘जुन झैँ चमक’ गीत मौलिकता, मिठास र प्रस्तुतीकरणका हिसाबले विशेष रहेको प्रतिक्रिया दर्शकहरूले दिएका छन्। गीतले गुरुङ संस्कृति र नेपाली मौलिकतालाई समेट्दै आधुनिक शैलीमा प्रस्तुत गरिएको हुँदा यसले अझ व्यापक दर्शक वर्गको मन जित्ने अपेक्षा गरिएको छ।समग्रमा, ‘जुन झैँ चमक’ गीतले नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद थप्दै राम प्रसाद गुरुङको सिर्जनात्मक यात्रालाई अझ मजबुत बनाएको देखिन्छ। आउने दिनमा पनि यस्ता मौलिक तथा स्तरिय गीतहरू प्रस्तुत हुनेमा दर्शक तथा स्रोताहरू आशावादी रहेका छन्।






















