निर्वाचनको मुखमा एक ट्रेकिङ कम्पनी र त्यसका सञ्चालकविरुद्ध प्रकाशित समाचारलाई लिएर विवाद चर्किएको छ। S.D. Himalayan Trekking Company ले आफ्नो कम्पनी तथा सञ्चालकको नाम जोडेर केही अनलाइन सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति गम्भीर आपत्ति जनाएको हो।कम्पनीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ImageKhabar.comLaliguras Online लगायतका अनलाइनमा प्रकाशित ‘एससीइ द हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु’ शीर्षकको समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको छ।कम्पनीका जनरल म्यानेजर सुजन खत्रीद्वारा जारी विज्ञप्तिमा तथाकथित ‘नक्कली उद्धार प्रकरण’ मा Central Investigation Bureau (सीआईबी) ले अनुसन्धान थालेको भन्ने हल्लामा कुनै सत्यता नरहेको उल्लेख गरिएको छ। सम्बन्धित निकायसँग बुझ्दा त्यस्तो कुनै अनुसन्धान वा उजुरी प्रक्रिया अघि नबढेको र स्वयं निकायहरू नै यस विषयमा अनभिज्ञ रहेको दाबी कम्पनीले गरेको छ।

विज्ञप्तिमा भ्रामक समाचार सम्प्रेषण हुनुको पछाडि राजनीतिक स्वार्थ रहेको आरोप समेत लगाइएको छ। कम्पनीका सञ्चालक Prem Kumar Khatri आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा Nepali Congress का तर्फबाट गोरखा क्षेत्र नं. १ का उम्मेदवार रहेका छन्।विज्ञप्तिमा भनिएको छ, “विगत डेढ दशकदेखि ‘राजनीति सेवा हो’ भन्ने मूल मन्त्रका साथ सामाजिक कार्यमा सक्रिय सञ्चालक खत्रीको चरित्र हत्या गर्ने तथा आगामी निर्वाचनको नतिजालाई प्रभावित पार्ने दूषित मनसायले नियोजित ढंगले यस्ता सामग्री सार्वजनिक गरिएका हुन्।”

कम्पनीले आफ्नो व्यावसायिक प्रतिष्ठा र उम्मेदवारको व्यक्तित्वमा आँच पुर्‍याउने तत्वविरुद्ध कानुनी उपचारको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। साथै, पत्रकारिताको न्यूनतम मर्यादा ख्याल नगरी तथ्यहीन समाचार सम्प्रेषण गर्ने पक्षलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको जनाएको छ।विज्ञप्तिमार्फत सम्पूर्ण शुभेच्छुक, मतदाता तथा आम नागरिकलाई यस्ता प्रायोजित र भ्रमपूर्ण समाचारप्रति सचेत रहन तथा सत्य–तथ्य बुझेर मात्र धारणा बनाउन कम्पनीले आग्रह गरेको छ।उता गोरखा क्षेत्र नं. १ का उम्मेदवारसमेत रहेका प्रेमकुमार खत्रीले एक भिडियो सन्देश जारी गर्दै समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। “मेरो जीवन हिजो पनि खुला किताब थियो, आज पनि छ र भोलि पनि रहनेछ,” उनले भनेका छन्, “राजनीतिलाई पेशा नभई सेवाको भावले गर्दै आएको सामाजिक काम र आगामी चुनावी नतिजाबाट अताल्लिएर निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई भ्रममा पार्न गरिएको यो दुस्साहस मात्रै हो।”निर्वाचन नजिकिँदै गर्दा यस्ता आरोप–प्रत्यारोप सार्वजनिक हुनु राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। अब यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा र सम्भावित कानुनी प्रक्रियाले नै वास्तविकता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया